निर्वाचन आयोग तोसिमा कार्कीको उम्मेदवारी खारेज मागसहित सर्वोच्च जाँदै
काठमाडौँ — ललितपुर निर्वाचन क्षेत्र नं ३ मा उम्मेदवारी दिएकी डा तोसिमा कार्कीको उम्मेदवारी कायम गर्ने गरी जारी भएको अन्तरिम आदेश खारेज गर्न माग गर्दै (भ्याकेट) निर्वाचन आयोग सर्वोच्च अदालत जाने भएको छ ।
सर्वोच्च अदालतले यसअघि कार्कीको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो । सर्वोच्चले गत साता जारी गरेको अन्तरिम आदेश खारेजीको विरुद्ध निर्वाचन आयोग शुक्रबार अदालत जान लागेको आयोग स्रोतले जनाएको छ।
आयोगका अनुसार ललितपुर क्षेत्र नं ३ प्रत्यक्षतर्फको मतपत्र छपाइ सम्पन्न भइसकेको छ । जसमा कार्कीले प्रतिनिधित्व गर्ने दल राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न मतपत्रमा समावेश छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०१:५६
प्रतिक्रिया दिनुहोस्