मुक्तिनाथ क्षेत्रमा राष्ट्रपति भण्डारीद्धारा बुद्ध मुर्ति र बुटिक रिसोर्टको उद्घाटन
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मुस्ताङमा रहेको प्रशिद्ध तिर्थस्थस्ल मुक्तिनाथ क्षेत्रमा ‘लो मुस्ताङ हिमालयन रिसोर्ट’ को उद्घाटन गरेकी छन । गैर आवासीय नेपाली संघका पूर्व उपाध्यक्ष सोनाम लामाको व्यक्तिगत लगानीमा मुक्तिनाथ क्षेत्रको विकासका लागि करोडौंको लगानीमा निर्माण भएको धार्मिक र पर्यटकीय पूर्वाधारको राष्ट्रपतिले उद्घाटन गरेकी हुन् ।
लो मुस्ताङ हिमालय रिसोर्टका सञ्चालक निमा डिकी लामाले यस क्षेत्रमा धार्किक र पर्यटकहरुको वृद्धि होस्, यस ठाउँको जीवनस्तर माथि पुगोस् र स्वच्छ सफा आकर्षक नगरी बनाउन आफ्नो परिवार नै मुस्ताङमा पुर्वाधार निर्माणमा अगाडि बढेको उल्लेख गरिन ।
होटल सञ्चालक लामाले कालिगण्डकी करिडोरमा सडक तथा अन्य पूर्वाधार पुगेसँगै पर्यटक आगमन पनि बढ्दो भए पनि स्तरीय र होटल संरचनाको अभाव रहेकाले त्यहाँ स्तरीय होटल निर्माण गरिएको बताइन् ।
गैर आवासीय नेपाली संघका पूर्व उपाध्यक्ष तथा होटलका सञ्चालक लामाले मुक्तिनाथ क्षेत्रमा आउने भक्तजन पर्यटकलाई जाउँजाउँं मुक्तिनाथ बनाई धेरै पर्यटक भित्र्याउन सके सबैको नाम, ठाउँ फैलाउँदै जीवनस्तरमा सुधार ल्याउन सकिने बताए । स्वदेशी, विदेशी पर्यटक र विशिष्ट पाहुनाहरुलाई सुविधायुक्त होटल बनाउने उदेश्यका थालेको तयारीले सार्थकता पाएकोे लामाको भनाई थियो ।
बुटिक अवधारणामा करिब १०० रोपनीमा फैलिएको होटलबाट चारै दिशामा हिमाल अवलोकन गर्न सकिनेछ । निलगिरी धौलागिरी जस्ता मनमोहक हिमालको घेराभित्र रहेजस्तै देखिने सो होटलमा पर्यटकको सेवाका लागि साउना, स्पादेखि घोडाचढी सुविधा उपलब्ध हुनेछ । रानीपौवा हाइटमा रहेको होटल क्षेत्रमै करिब ५०० बोटको स्याउ फार्म पनि छ ।
शुक्रबारै राष्ट्रपति भण्डारीले मुक्तिनाथ मन्दिर परिसरमा भगवान बिष्णुको प्रस्तर मुर्तिको शिलान्यास गरेकी छन् । उहाँले भगवान विष्णुको मुर्ति निमार्णका लागि शिलान्याससँगै ३५ फिटअग्लो गौतमबुद्धको मूर्तिको अनावरण समेत गरिन् ।
कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले मुक्तिनाथ क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि आग्रह गरिन् । उनले भनिन्, “विश्वमा बढ्दै गएको जलवायु परिवर्तनलाई ध्यानमा राख्दै मुक्तिनाथ क्षेत्रलाई पनि त्यहि अनुसार ध्यानमा राखेर विकास गर्नुपर्छ”। उनले यो क्षेत्रमा धार्मिक पर्यटकबाट भएको आम्दानी मुक्तिनाथ क्षेत्रका जनताको जीवनस्तर उकास्नेगरी पर्यटकीय पुर्वाधारमा लगानी गर्न आग्रह गरिन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ २०:५१
प्रतिक्रिया दिनुहोस्