Nic Ad Nic Ad
Nic Ad Nic Ad

ढाकामा ५० लाख रुपैयाँ लुटपात गरेको आरोपमा चारजना चिनिँया पक्राउ

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ– बङ्गलादेशको राजधानी ढाकास्थित उत्तरा उप–नगरबाट ५० लाख टाका (रूपैँया) लुटपाट गरेको आरोपमा चार जना चिनियाँ नागरिकलाई बिहीबार पक्राउ गरिएको छ । ढाका मेट्रोपोलिटन प्रहरीले चारै जना नागरिकलाई प्रहरी हिरासतमा राखेर सोधपुछ गरिएको जनाएको छ । चिनियाँ नागरिक ली वेन जिङ र उनका बङ्गलादेशी पति शाह जहाँगीरको सम्लग्नता रहेको हुनसक्ने प्रहरीले बताएको छ । यो दम्पतीले उत्तरा ३ नं।सेक्टरअन्तर्गत रोड ८ मा रेष्टुरेन्ट सञ्चालन गर्दै आएका छन् । जहाँगीरकी पत्नी ली वेन जिङले आफ्नो रेष्टुरेन्टका लागि चिनियाँ सामान आपूर्ति गरेबापत चेन योङ नाम गरेका व्यक्तिलाई ५० लाख बङ्गलादेशी टाका दिन तयार भएको बताएकी छन् । तर उत्तराको पश्चिमी प्रहरी स्टेशनमा दर्ता गरिएको मुद्दाअनुसार उनले अर्का चिनियाँ नागरिक जिलिनमार्फत यो सम्झौता गरेकी बताइएको छ ।एजेन्सी
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:०६
प्रतिक्रिया दिनुहोस्