माओवादी समाजवादीको घोषणापत्र सार्वजनिक
काठमाडौँ- नेकपा (माओवादी समाजवादी)ले आगामी मङ्सिर ४ गतेको निर्वाचनलाई लक्षित गरी घोषणापत्र सार्वजनिक गरेको छ । कर्णजित बुढाथोकी नेतृत्वको सो पार्टीले शुक्रबार पत्रकार सम्मेलन गरी वैज्ञानिक समाजवाद स्थापनाका लागि जनविद्रोहमार्फत वैचारिक, राजनीतिक, सङ्ठनात्मक, आर्थिक, सङ्घर्ष र अन्तर्राष्ट्रिय आधार तय गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
सो पार्टीको चुनाव चिह्न महिला र पुरुषको तस्बिर रहेको छ । पार्टीले वैज्ञानिक समाजवाद स्थापना नभइसकेको सङ्क्रमणकालीन चरणमा सबै राजनीतिक दल, पक्षको स्वामित्व सुनिश्चित हुने गरी अग्रगामी राजनीतिक निकासका लागि राष्ट्रिय राजनीतिक जनपरामर्श सम्मेलनमार्फत जनपक्षीय, सर्वदलीय राष्ट्रिय संयुक्त सरकार गठन गर्नेसमेत घोषणा गरेको छ ।
‘पार्टीले १० वर्षे जनयुद्धका शहीदलाई राष्ट्रिय शहिद घोषणा तथा अपाङ्गता भएकालाई आजीवन निःशुल्क उपचारको व्यवस्था गर्ने, पूर्वजनमुक्ति सेनालाई मासिक २० हजार गणतान्त्रिक भत्ताका लागि सङ्घर्ष गर्ने घोषणा गरिन्छ’ घोषणापत्रमा भनिएको छ । त्यसैगरी शिक्षा, स्वास्थ्य उपचार, स्वच्छ खानेपानी र बिजुलीबत्तीको निःशुल्क व्यवस्था गर्ने अठोट पार्टीले लिएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०७:०५
प्रतिक्रिया दिनुहोस्