काठमाडौँबाट रुकुम पश्चिमका लागि छुटेको बस त्रिशुलीमा खस्यो, १६ जना घाइते
काठमाण्डौ– काठमाण्डौबाट रुकुम पश्चिमका लागि छुटेको बस त्रिशूली नदीमा खस्दा १६ जना घाइते भएका छन् । बा ४ ख ५७ २० नम्बरको बस पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिकाको सडकबाट त्रिशूली नदीमा खसेको हो ।
अहिले प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार गरिरहेको र घाइतेलाई अस्पताल पठाइएको प्रहरी चौकी जोगिमाराले जानकारी दिएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ २२:३३
प्रतिक्रिया दिनुहोस्