मिस अर्थमा सरिशा श्रेष्ठको यस्तो पोशाक प्रस्तुत (भिडियो)
काठमाडौं - फिलिपिन्सको मनिलामा जारी मिस अर्थमा नेपालको तर्फबाट सरिशा श्रेष्ठले वनजंगलको आत्मा प्रतिविम्वत गर्ने पोशाक प्रस्तुत गरेकी छन् । शनिबार बेलुका भएको नेसनल कस्ट्युम प्रतिस्पर्धामा उनले आफ्नो देशको वातावरणीय चिनारी झल्काउने पहिरन प्रस्तुत गरेकी हुन्।
भर्चुअल माध्यममार्फत भएको कम्पिटिसनमा मिस नेपाल अर्थमा नेपालको राष्ट्रिय फूल लालीगुराँसको रातो रङ र वनस्पतीको हरियो रङबाट उनको कस्ट्युम प्रभावित थियो ।
जोखिमको सूचीमा परेको चरा काँडे भ्याकुरलाई पनि पोशामा चित्रण गरिएको छ । काठमाडौंको सभ्यता सुरु भएको ठानिएको चोभार गल्छीमा खिचिएको आकर्षक भिडियो पनि सरिशाले मिस अर्थमा पेश गरिन् ।
https://www.facebook.com/Dr.Sareeshastha/videos/811946640071899/
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०२:२५
प्रतिक्रिया दिनुहोस्