आर्थिक सम्पन्नता चाहनुहुन्छ भने आफ्नो कमाइमा एक नजर दिनुस् र बाँकी योजना बनाउनुस्
शुरुवात आफ्नो कमाइबाटै गर्नुस् । तपाईं आजदेखि एक दुई तीन या पाँच वर्षपछि कति कमाउन चाहनु हुन्छ ? आफ्नो वरिपरि हेरेर आफैसँग सोध्नुस् कि अरु को छ जसले त्यति कमाइरहेको छ जति मैले कल्पना गरिरहेको छु र उसले मैले भन्दा अलग के गरिरहेको छ ? यदि तपाईंलाई थाहा छैन या पक्का थाहा छैन भने उनीहरुसँगै गएर सोध्नुस् । आफ्नो स्तरमा पूर्ण तयारी गर्नुस् ।
तपाईंलाई यतिका धन कमाउनको लागि अरु कति ज्ञान, कौशल र योग्यताको आवश्यकता पर्नेछ ? यति कमाइको लागि तपाईं कस्तो खालको काम गर्नु हुनेछ या तपाईंले कस्तो काम गर्नुपर्ने छ ? तपाईं कम्पनीमा कुन पदमा हुनुहुनेछ ? तपाईं आफ्नो क्षेत्र या पेशामा कति उचाइसम्म उठ्नु हुनेछ ? यदि तपाईं सेल्सलाइनमा हुनुहुन्छ भने तपाईंले कति सामान बेच्नुपर्ने छ र कसलाई ?
साभारः ‘सोच बदलौँ, जिन्दगी बदलौँ’ पुस्तकबाट
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ २३:२९
प्रतिक्रिया दिनुहोस्