Nic Ad Nic Ad
Nic Ad Nic Ad

मासक धर्मसम्बन्धी विकारमा गर्न सकिने घरेलु उपचार

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौँ - सामान्यतया महिलाहरुमा प्रत्येक २८ दिनपछि रक्तस्राव हुन्छ । रक्तस्राव तीन दिनदेखि पाँच दिनसम्म हुन्छ । यो क्रम ११ बाट १४ वर्षको उमेरदेखि शुरु हुन्छ र करिब ४५ देखि ५० वर्षसम्म कायम रहन्छ । २८ दिनबाट घटबढ भएर २१ देखि ३० दिनसम्म नियमित रक्तस्राव पनि पुग्न सक्छ । यदि यस्तो भयो भने यसलाई पनि सामान्य भन्न सकिन्छ । त्यस्तै शुरुको एक दुई वर्षसम्म अनियमित भयो भने पनि आत्तिनु हुँदैन । गर्भावस्था तथा दुध पिलाउने अवस्थाको क्रममा मासिक धर्म बन्द हुन्छ ।

ऋतुकालमा संयम अपनाउनु, कब्जियत, गलत आहारविहार, शारीरिक श्रमको कमी, अतृप्त र अशान्त चित्त, दुषित जलवायु, स्नायु दुर्बलता, हार्माेनल विकार, जननेन्द्रियको विकार, मानसिक तनाव र अन्य रोगहरुको कारण यो समस्या उत्पन्न हुन्छ ।

घरेलु उपचार

– काँचो नरिवल पानी, जौको पानी, धनियाँको पानी, आदि धेरै सेवन गर्ने । – अनार, बन्दाको रस, अंगुर आदि लाभदायक हुन्छन् । – उम्लिएको तरकारीमा केवल थोरै नुन र मरिच हालेर खाने । – काँचो करेलाको रस सेवन गर्ने । – धनियाँको रस उमालेर खाने । – खाली पेट अमलाको रस मह मिसाएर खाने । – राती दश दाना मुनक्का–दाख भिजाएर बिहान दुधसँग खाने । – पीपलको फललाई सुकाएर कुट्ने र बोक्रा छानेर नियमित सेवन गर्ने । – तुलसीको जराको चूर्ण पानको पातमा राखेर खाँदा पनि फाइदा पुग्छ । – त्रिफलाई चूर्ण थोरै बेसार मिसाएर खाने ।

साभारः ‘स्वास्थ्य विज्ञान’ पुस्तकबाट

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:२१
प्रतिक्रिया दिनुहोस्