नेप्से सूचक ४३.२० अंकले बढ्यो, कारोबार पनि डेढ अर्बमाथि
काठमाडौँ– आइतबार सेयर बजार ४३.२० अंकले बढेको छ । साताको पहिलेको कारोबार दिन समेत रहेको यस दिन नेप्से सूचक ४३.२० अंकले बढ्दै १९६५.३६ अंकमा उक्लिएको हो । गत सातको अन्तिम दिन बिहीबार १६ अंकले घट्दै नेप्से सूचक १९२२।१६ विन्दुमा अडिएको थियो ।
४३ अंक माथिले नेप्से बढेको यस दिन कारोबार रकमा समेत तीब्रता आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यसदिन १ अर्ब ५४ करोड ८० लाख रूपैयाँ माथिको ३९ लाख १३ हजार कित्ता बराबरको सेयर कारोबार भएको छ ।
आज मुचुअल फन्ड बाहेकका अन्य सबै उपसमूह धनात्मक भएका छन् । सबैभन्दा बढी आज माइक्रो फाइनान्स समूहको उपसूचक ४।४८ प्रतिशतले बढेको छ भने फाइनान्स समूहको उपसूचक ४।०८ प्रतिशतले, अन्य समूहको उपसूचक ४।०५ प्रतिशतले, म्यानु एण्ड प्रो ३।८१ प्रतिशतले, हाइडोपावर समूहको उपसूचक ३।३५ प्रतिशतले बढेको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९ ११:००
प्रतिक्रिया दिनुहोस्