नागढुंंगा सुरुङमार्गको निरिक्षणमा केपी ओली, समयमै सम्पन्न गर्न निर्देशन
काठमाडौँ– नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नागढुंगा सुरुङमार्ग परियोजनाको निरिक्षण गरेका छन् । आइतबार सुरुङमार्गको धादिङतर्फ धुनिबेसी र काठमाडौंतर्फको टोटेपाखामा पुगेर उनले निरिक्षण गरे ।
पत्नीसहित निरिक्षणमा गएका ओलीले सुरुङमार्ग निर्माण तोकिएको समयभित्रै सम्पन्न गर्न निर्देशन समेत दिए । सुरुङमार्ग निर्माण सम्पन्न हुने मिति २०२३ अप्रिल हो । ओलीले आफ्नो सरकारका पालामा नै सुरुङमार्ग निर्माणको थालनी गरेको थियो भने अहिले नेकपा एमाले र ओलीले नै नागढुंगा सुरुङमार्ग परियोजनालाई आफ्नो उपलव्धिमूलक काम भएको भन्दै चुनावी एजेन्डा समेत बनाएका छन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०६:२३
प्रतिक्रिया दिनुहोस्