नेभिगेशन
जीवनयापन

नेपालका लागि पाकिस्तानी राजदूतमा हाशिमी नियुक्त

काठमाडौँ–पाकिस्तानले नेपालका लागि नयाँ पाकिस्तानी राजदूत नियुक्त गरेको छ । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले अबरार हाशिमीलाई नेपालका लागि नयाँ राजदूतमा नियुक्त गरेका हुन् । नेपालस्थित पाकिस्तानी दूतावासले हाशिमी नयाँ राजदूतमा नियुक्त भएको जानकारी दिएको छ । प्रधानमन्त्री शरिफले विदेशमन्त्री बिलवाल भुट्टो जर्दारीको सिफारिसमा हाशिमीलाई राजदूतमा नियुक्त गरेका हुन् । हाशिमीले यसअघि अमेरिकाको ह्युस्टनमा कन्सुल जनरलको रूपमा कार्य गरेका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै