Nic Ad Nic Ad
Nic Ad Nic Ad

धनुषामा सवारी दुर्घटनामा नवजात शिशु र आमाको मृत्यु, ६ घाइते

शुक्रबार, मंसिर ९, २०७९
जनकपुरधाम–बोलेरो अनियन्त्रित भएर दुर्घटना हुँदा धनुषामा एक महिला र एकदिने नवजात शिशुको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा नम्बर ७ स्थित सेन्ट्रल हस्पिटलबाट रेफर गरिएकी २४ वर्षीया सुत्केरी राधा देवी सवार बोलेरो दुर्घटना हुँदा उनीसहित उनको एकदिने नवजात शिशुको मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ । सेन्ट्रल हस्पिटलबाट सुत्केरी बिरामीलाई बाहिर लगिरहेका क्रममा लक्ष्मीनिया बजार र निकालको बीचमा रहेको सर्फ फ्याक्ट्रीको अगाडि ना ३ च ३५७५ नम्बरको बोलेरो (जिप) अनियन्त्रित भई सडकको बीचमा रहेको डिभाईडरमा ठोकिएर दुर्घटना भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिएका छन् । उनका अनुसार लक्ष्मीनिया ५० वर्षीया चन्द्र्कालादेवी महतो, १५ वर्षीय सुदिप सिंह, कमलीदेवी महतो, सन्जुदेवी महतो र फुलोदेवी महतो घाइते भएका छन् । घाइते मध्ये सिकिस्त दुई जनालाई बाहिर रेफर गरिएको छ भने बाँकी सबैको लक्ष्मीनियाको सेन्ट्रल हस्पिटलमा भइरहेको छ । घटना सम्बन्धमा अनुसन्धान भइरहेको धनुषाका डिएसपी क्षेत्रीले बताए ।  
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०१:०३
प्रतिक्रिया दिनुहोस्