Nic Ad Nic Ad
Nic Ad Nic Ad

लिभरपुलद्वारा टोटनहम पराजित

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौं–लिभरपुलले इङ्लिस प्रिमियर लिगमा टोटनहमलाई पराजित गरेको छ । टोटनहमको घरेलु मैदानमा आइतबार राति भएको खेलमा मोहम्मद सालाहले २ गोल गर्दै लिभरपुललाई विजयी गराएका हुन् । खेलको ११ औं मिनेटमा भ्रमणकारी टिमलाई सालाहले अग्रता दिलाएका थिए । टोटनहम हट्सपर स्टेडियममा हाबी बनेको लिभरपुलले पहिलो हाफ सकिन ५ मिनेट बाँकी रहँदा अग्रता दोब्बर पारेको थियो । सालाहले ४० औं मिनेटमा पुनः गोल गर्दै टिमको अग्रता ०–२ मा लम्ब्याएका थिए । दोस्रो हाफमा खेलमा फर्किने कोसिस गरेको टोटनहमका लागि इङ्लिस फरवार्ड ह्यारी केनले ७० औं मिनेटमा एक गोल गरे पनि टिमको हार टार्न सकेनन् । जितसँगै १३ खेलबाट १९ अंक जोडेको लिभरपुल अंक तालिकाको आठौं स्थानमा छ । टोटनहम १४ खेलबाट २६ अंक जोडेर चौथो स्थानमा छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ००:००
प्रतिक्रिया दिनुहोस्