चुनावी प्रचार सामग्रीले सजियो सहर (फोटो फिचर)
अहिले देश नै चुनावमय भएको छ । गाउँ, घर, चोक, खुल्ला ठाउँ ठाउँमा चुनावी बहस र चर्चाले ठाउँ पाएको छ । सबै तिर उम्मेदवारहरूले आ–आफ्नो चुनाव चिन्ह लिएर भोट माग्न थालेका छन् । देश र जनता चुनावी माहोलमा व्यस्त भएको बेला चुनावी सामग्री बनाउनेहरू पनि व्यस्त भएका छन् ।
पार्टीको झण्डासहित चुनावसम्बन्धी अन्य प्रचार सामग्री बनाउन व्यवसायी व्यस्त छन् । काठमाडौंको बागबजारसहितका गल्ली गल्ली चुनावी झण्डाले सजिएको छ । तिहारको झिलिमिली बत्ति निकाल्न नभ्याउँदै स्थानीयको घरको कुना कुना र गल्ली गल्ली चुनावी प्रचार सामग्रीले भरिएको छ ।
चुनाव नजिकिँदै गर्दा निर्वाचन सामाग्री छाप्न र बनाउन व्यवसायीलाई भ्याई नभ्याई छ । व्यवसायीहरू पार्टीको झण्डा, चुनाव चिन्ह अंकित ब्यानर, घोषणापत्रलगायतका चुनावी सामाग्री बनाउन व्यस्त भएका हुन ।
चुनाव संघारमा आएसँगै निर्वाचन आयोगले आचारसंहिता विरुद्ध भनेको चुनाव चिन्ह अंकित ज्याकेट, कमिज, भेष्ट, टी सर्ट, टोपी, गम्छा, मास्क, लकेट वा अन्य कुनै पनि पहिरन तथा स्केचको अर्डर उपत्यकामा नआए पनि उपत्यका बाहिरका लागि भने अर्डर आइरहेको व्यवसायीहरू बताउँछन् ।
निर्वाचन आयोगले कडाई गरे पछि विगतको तुलनामा चुनावी सामाग्रीहरूको व्यापार निकै कम भएको उनीहरूको भनाइ छ ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९ १९:२८
प्रतिक्रिया दिनुहोस्