नेभिगेशन
खेलकुद

कोहली बने आईसीसी प्लेयर अफ दी मन्थ

काठमाडौं–भारतीय ब्याटस्म्यान विराट कोहली अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को अक्टोबर महिनाका उत्कृष्ट खेलाडी चयन भएका छन् । अस्ट्रेलियामा जारी टी–ट्वेन्टी विश्वकपमा उत्कृष्ट प्रदर्शन गरिरहेका कोहलीलाई आईसीसीले विजेता घोषणा गरेको हो । जिम्बावेका कप्तान सिकन्दर राजा र दक्षिण अफ्रिकाका डेभिड मिलर पनि मनोनयमा परेका थिए । अक्टोबरमा चार इनिङ मात्रै ब्याटिङ गरेका कोहलीले तीन उत्कृष्ट इनिङ खेलेका थिए । जसमध्ये पाकिस्तानविरुद्ध अविजित ८२ रनको शानदार इनिङ थियो । उनकै उत्कृष्ट प्रदर्शन प्रेरणामा भारत विश्वकपको सुपर–१२ बाट समूह ‘दुई’को विजेता बन्दै सेमिफाइनलमा पुगिसकेको छ । फाइनल प्रवेशका लागि कोहलीको भारतले इङ्ल्यान्डसँग बिहीबार खेल्नेछ । कोहलीले अन्य मनोनित खेलाडीहरु र आफ्नो टिमका सदस्यहरुलाई पनि यो अवार्ड समर्पित गरेका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद