Nic Ad Nic Ad
Nic Ad Nic Ad

यी हुन् आत्महत्या गरेका पाँच नेपाली कलाकार

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ– गायक प्रकाश दूतराजले आत्महत्या प्रयास गरेका छन् । सांगीतिक कार्यक्रमको लागि अष्ट्रेलियाको ब्रिसबेन पुगेका उनले आफू बसेको होटलमै झुण्डिने प्रयास गरेको स्रोतले जनाएको छ । उक्त घटना स्थानीय समयानुसार आइतबार मध्यरातमा भएको जनाइएको छ । गायिका भूमिका गिरीसहित दूतराज कन्सर्टको लागि अष्ट्रेलियामा छन् । आयोजकले उनीहरुलाई एउटै फ्ल्याटमा राखेको छ । दूतराजले सलको पासो लगाएर झुण्डिने प्रयास गरेका थिए । सोही क्रममा उनी बसेको ढोका पनि खुल्लै भएको जनाइएको छ । कोठाबाट आवाज आएपछि गायिका गिरीले दूतराजको कोठामा पसेर उद्धार गरेको स्रोतले जानकारी दियो । दूतराज अहिले सामान्य अवस्थामा छन् । उनी मात्र होइन्, अन्य नेपाली कलाकारले पनि आत्महत्या गरेका छन् । यम बुद्ध युवापुस्तामा र्‍याप ब्याटलुलाई लोकप्रिय बनाउनमा सक्रिय यमबुद्धले गत वर्ष बेलायतमा आत्महत्या गरे। युवापुस्तामाझ लोकप्रिय उनले बेलायतस्थित आफू बस्ने घरको शौचालयमा पासो लगाई आत्महत्या गरेका हुन्। मेरो जुत्तामा, साथी, आउँदैछु म, फुटपाथ मेरो घर, यो प्रसंग, दिदी, अन्त्यको शुरुवात, नाचन, आमा लगायत उनका कयौं गीत हिट छन्। योगिता मोक्तान गायिका योगिता मोक्तानले पनि आफ्ना सारा समस्याको समाधान मृत्युमै देखिन्। उनले प्रेममा धोका पाएपछि सन् २०१३ मा आत्महत्या गरिन्। उनी विशेषगरी तामाङ सेलो गीतका लागि चर्चित थिइन्। जेशिका खड्का म्युजिक भिडियोमा अभियन गर्ने जेशिका खड्काको एकाएक गायक प्रकाश ओझासँगको नग्न भिडियो सार्वजनिक भयो। त्यो घटनाले उनी निकै विक्षिप्त बनिन्। त्यो घटनापछि पनि उनी अभिनय क्षेत्रमा फर्किएकी थिइन्। केही समय विदेश बसेकी जेशिकाले केही चलचित्रमा अभिनय समेत गरिन्। अन्तत: सन् २०१२ मा उनले पनि आत्महत्या गरेर आफ्नो जीवन अन्त्य गरिन्। कुल पोखरेल प्रतिभावान गायक कुल पोखरेल पनि असमयमै गए। २३ वर्षको उमेरमा सन् २००३ मा संसार छाडेका कुलका आमाु, हुन्न रु, यो इ यो योु, यसपाली दशैंमाु लगायतका गीत चर्चित छन्। ड्रग्सको कुलतमा फँसेका कुलको आत्महत्याको कारण ड्रग्स नै मानिएको थियो। श्रीषा कार्की श्रीषाको घरमा एक सैनिक मेजरसँग विवाहको कुरा चल्दै थियो। सोही बखत एक साप्ताहिक पत्रिकाले उनको नाङ्गो तस्विर छाप्यो। त्यो घटनाले मानसिक रूपमा हतोत्साही बनेकी श्रीषाले सन् २००२ मा पासो लगाएर आत्महत्या गरिन्। उनले ुघाँम छायाँु लगायतका फिल्ममा काम गरेकी थिइन्।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०४:२४
प्रतिक्रिया दिनुहोस्