नेभिगेशन
मनोरञ्जन

गायक दूतराजले भने ‘माया गर्नेहरूको आँसुले सराप्छ, कसरी मार्न सक्थें र यो शरीरलाई ?'

काठमाडौँ – आत्महत्याको समाचार आएपछि गायक प्रकाश दूतराजले आफू केही समय हराएको भनेका छन् । सामाजिक सञ्जालमा स्ट्याटस राख्दै उनले मेरो हराउने मेरो बानी भनौँ वा विशेषता भनेका छन् । उनले आत्महत्या गर्ने प्रयास गरेको समाचार आएपछि उनले उक्त समाचारको खण्डन गरेका उन् । उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘हजारौँ कोसिस गर्दा पनि यो स्वभाव फेरिन सकेको छैन, यसलाई रोग भनूँ या मेरो विशेषता ?’ यही कारणले पनि आफूले आफैँलाई दुःखी बनाउने गरेको उनको भनाइ छ । आफू कहिलेकाहीँ त्यतिकै हराइदिने गरेको, कहिले अँध्यारो बन्द कोठाभित्र घण्टौँसम्म आफैँलाई थुनिदिने गरेको पनि बताएका छन् । उनले गलत बुझाइका कारण समाचार आएको दाबी गरेका छन् । त्यसले शुभचिन्तकहरूमा परेको असरप्रति क्षमा माग्दै उनले अन्तिममा लेखेका छन्, ‘ माया गर्नेहरूको आँसुले सराप्छ, कसरी मार्न सक्थेँ र यो शरीरलाई ?’
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय