Nic Ad Nic Ad
Nic Ad Nic Ad

बास्तुशास्त्रका सिद्धान्तअनुसार सार्वजनिक भवनको निर्माण

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौँ । कुवा, इनार, बोरवेल, भूमिगत पोखरी वा ट्याङ्की, ओभरहेड ट्याङ्की, भर्‍याङ, लिफ्ट, भान्सा घर, भोजन कक्ष, बार्दली आदि वास्तुशास्त्रका सिद्धान्त अनुसार भएमा त्यस घरमा बस्ने मानिसहरुको लागि एउटा राम्रो जीवन सुनिश्चित हुन जानेछ ।

– ईनार, कुवा, भूमिगत पोखरी वा ट्याङ्की वा अन्य जल व्यवस्था भूखण्डको उत्तर–पूर्वी कुनामा हुनुपर्छ । – ओभरहेड ट्याङ्की वा छतमा राखिने ट्याङ्की, भर्‍याङ, लिफ्ट तथा अन्य भारी तथा अग्ला भाग भवनको दक्षिण–पश्चिम कुनामा राख्नुहोस् । – भान्साघर, ट्रान्सफरमर, जेनरेटर वा कुनै पनि आगो बालिने वा ताप उत्पन्न गरिने स्थान भूखण्ड वा भगनको दक्षिण–पूर्वी कुनामा हुनुपर्छ । – प्रार्थना सभाभवन, पूजाकक्ष, ध्यानकक्ष आदि भवनको उत्तर–पूर्वी कुनामा बनाउनुपर्छ । – भोजनकक्ष, अध्ययन कक्ष भवनको पश्चिमी भागमा हुनुपर्छ । कुनै पनि स्थितिमा भवन वा भूखण्डको उत्तर–पूर्वी कुनालाई शौचालयको लािग प्रयोगमा ल्याउनुहुँदैन ।

साभारः ‘वास्तुशास्त्र’ पुस्तकबाट

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०१:२५
प्रतिक्रिया दिनुहोस्