बीमा समिति ‘नेपाल बीमा प्राधिकरण’मा रुपान्तरण
काठमाडौं । बीमा समिति आज मंगलबारदेखि ‘नेपाल बीमा प्राधिकरण’मा रुपान्तरण भएको छ । बीमा व्यवसायको नियमन गर्दै आएको बीमा समिति औपचारिक रुपमा आजदेखि बीमा प्राधिकरणमा रूपान्तरण भएको हो।
बीमा ऐन २०७९ कार्यान्वयनमा आएसँगै समितिको सम्पूर्ण कामकारबाही प्राधिकरणमा रूपान्तरण भएको हो। भदौ अन्तिममा संघीय संसद्बाट पारित भएको बीमा विधेयक असोज २२ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएको थियो। राष्ट्रपतिबाट प्रमाणीकरण भएको १ महिनामा लागू हुने कानुनी प्रावधानअनुसार बीमा समिति प्राधिकरण बनेको हो।
समितिमा एक कार्यक्रमका बीच समिति प्राधिकरणमा रूपान्तरण भएको औपचारिक घोषणा गरिंदैछ। बिमा समितिले गर्दै आएका काम अब प्राधिकरणमार्फत हुनेछन्।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९ ११:१३
प्रतिक्रिया दिनुहोस्