Nic Ad Nic Ad
Nic Ad Nic Ad

बिमा समिति प्राधिकरणमा रुपान्तरण

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ–बिमा व्यवसायको नियमन गर्दै आएको बिमा समिति आजदेखि बिमा प्राधिकरणमा रूपान्तरण भएको छ । बिमा ऐन, २०७९ कार्यान्वयनमा आएसँगै समितिका सम्पूर्ण काम–कारबाही प्राधिकरणमा रूपान्तरण भएको हो । गएको भदौ अन्तिममा संघीय संसद्बाट पारित भएको बिमा विधेयक असोज २२ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण गरिएको थियो । राष्ट्रपतिबाट प्रमाणीकरण भएको एक महिनामा लागु हुने कानुनी प्रावधानानुसार बिमा ऐन आजदेखि लागु हुँदै छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  २०:२५
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार