Nic Ad Nic Ad
Nic Ad Nic Ad

यस कारण जित्दैछन् गगन थापा

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ— काठमाडौँ क्षेत्र नं ४ का गठबन्धन तर्फबाट उम्मेदवार बनेका गगन कुमार थापालाई रोक्न नेकपा एमालेलाई हम्मे हम्मे पर्ने देखिन्छ । त्यसमा पनि गठबन्धन भएका कारण गगन 'सेफ जोन' मा देखिएका छन् । काठमाडौं क्षेत्र नं ४ काँग्रेस महामन्त्री गगन थापाको निर्वाचन क्षेत्र हो । अघिल्लो चुनावमा स्थानीय तहमा एमालेले भारी मतसहित चुनाव जित्दा पनि प्रतिनिधि सभामा एमाले र माओवादीका साझा उम्मेदवार राजन भट्टराईलाई उनले साढे ३ हजार जति मतले जितेका थिए । कुल २१ हजार ५५८ मत गगनको आएको थियो भने निकटतम प्रतिस्पर्धी राजन भट्टराईको १८ हजार १४० आएको थियो । यस्तै, प्रदेश तर्फ नेपाली कांग्रेसका नरोत्तम बैद्यले ८७१९ मत ल्याएर विजयी भएका थिए भने एमालेका निर्मल कुँइकेलले ७७९४ मत ल्याएका थिए । यस्तै, ४ खमा भने नेकपा एमालेका कुसुम कुमार कार्की १२३४७ मत ल्याएका थिए । उनी अहिले नेकपा एकिकृत समाजवादीका तर्फबाट गठबन्धनका उम्मेदवार हुन् । कांग्रेसका साधुराम खड्का ले ९३५४ मत ल्याएका थिए । काठमाडौं–४ अन्तर्गत वडाध्यक्षका उम्मेदवारहरुको मतअनुसार एमाले र कांग्रेसबीच ७४४ को अन्तर छ। वडाध्यक्षका उम्मेदवारको मतका आधारमा काठमाडौं ४ मा एमालेको १६ हजार ५०७ र कांग्रेसको १५ हजार ७६३ मत देखिन्छ। जबकी कांग्रेस गठबन्धन बनाएर चुनावमा होमिएको थियो, उता एमाले एक्लै। एमाले र माओवादी केन्द्रको गठबन्धन हुँदा २०७४ सालको निर्वाचनमा राजन भट्टराई पहिलो पटक प्रत्यक्ष उम्मेदवार बनेका थिए । भट्टराईले युनिभर्सिटी अफ लन्डनबाट इन्टरनेसनल रिलेसन एन्ड डिप्लोम्याटिक प्राक्टिसमा स्नातकोत्तर गरेका छन् । भट्टराईले २०६९ सालमा जवारहलाल नेहरु विश्वविद्यालयबाट ‘चेन्जिङ सेक्युरिटिज प्रसेप्सन्स अफ नेपाल–इन द कन्टेक्स अफ इन्डिया एन्ड चाइना रिलेसन्स विषयमा विद्यावारिधि गरेका छन् । दुवै अहिले पार्टीको केन्द्रीय सदस्य छन् । थापा त्रिचन्द्र कलेज स्वतन्त्र विद्यार्थी युनियनको सचिव हुँदै नेपाल विद्यार्थी संघको महामन्त्रीसम्म बने । राजा ज्ञानेन्द्रले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई अक्षम भन्दै अपदस्थ भएपछि शुरु भएको आन्दोलनको समयमा थापाको राष्ट्रिय राजनीतिमा चर्चा भएको थियो । अनेरास्ववियुको विदेश विभाग प्रमुख हुँदै एसियन स्टुटेन्ड एसोसिएसन ९आशा० को सहमहासचिव बनेका भट्टराई एमालेको विदेश विभाग सचिव हुँदै केन्द्रीय सदस्य छन् । अफ्नो निर्वाचन क्षेत्रमा थापा जनस्तरमा चिरपरिचित र जनस्तरका समस्या समाधानमा सक्रिय नेताको रुपमा परिचित रहँदै आएका छन् । थापाले मन्त्रालय, सदनदेखि सडक सम्म निभाएको भूमिकाले उनको पक्षमा जनमत निकै राम्रो देखिएको स्थानीयहरुको भनाइ छ । थापाले राष्ट्रिय मुद्धामा लिँदै आएको स्ट्याण्डले उनको जीतलाई अझ बल पुर्याएको छ । यस क्षेत्रमा थापासँग ०७४ कै प्रतिद्धन्द्धि चुनावी मैदानमा प्रतिस्पर्धीका रुपमा छन् । यससँगै यो क्षेत्रमा निर्वाचनको रौनक अन्य क्षेत्रको तुलनामा चर्चामा रहेको छ । आफूलाई प्रधानमन्त्रीको दाबेदारको रुपमा अगाडि सारेका थापाको स्पष्ट भिजन सहित चुनावी मैदानमा होमिएका हुन् । यस क्षेत्रमा १४ स्वतन्त्र सहित ३१ उम्मेदवार प्रतिस्पर्धामा छन् । थापाको मुख्य प्रतिस्पर्धा एमालेका राजन भट्टराईसँग हुने देखिएको छ । ०७४ मा थापाले एमाले माओवादी बाम गठबन्धनका उम्मेद्वार राजन भट्टराईलाई पराजित गराएका थिए । एमालेको चुनाव प्रचारमा उत्साहजनक सहभागिता नहुनुले समेत यसलाई पुष्टी गर्ने मतदाताहरु बताँउछन् । साथै एमाले सरकारमा रहँदा गरेका विवादित र संसद् विघटन जस्ता अलोकप्रिय कामको कारण पनि एमालेको पक्षमा जनलहर देखिँदैन । गत बुधबारबाट अभियानलाई तिब्र बनाएका थापाले निर्वाचनमा आफ्नो जित सुनिश्चित रहेको दाबि गर्दै निर्वाचनपछि सरकार सञ्चालनको जिम्मेवारी सम्हाल्ने बताए । उनले भने, ‘यसपटक मेरो बिशेष अनुभवका आधारमा मौका पाँउदै गर्दा पार्टीको पनि मूल जिम्मेवारीमा र मेरो प्रयत्न अहिलेसम्म ड्राईभिङ सिटमा नै आफै बसेर पाँचबर्ष देश सञ्चालन गर्ने हुनेछ ।’ उनको यो अभिव्यक्ति पछि देशको भावी प्रधानमन्त्री चुन्ने निर्वाचन क्षेत्रको रुपमा मतदाता उत्साहित बनेका छन् । यस्तै स्वास्थ्य मन्त्री हुँदा ,बुढानिकण्ठमा स्थापना गरेको घरमै पुगेर सेवा दिने स्वास्थ्य प्रवर्तन केन्द्र स्थापना लगायत यस क्षेत्रमा गरेको योगदानले पनि गगनको जनमत बढाएको स्थानीयको मत छ ।  अर्को रोचक कुरा के छ भने गगन सबैवर्गमा चिरपरिचित छन् । थापाले विगतमा यस क्षेत्रमा गरेको कामलाई मूल्यांकन गर्दा उनको जीत सहज रहेको र थापाले नै पुनः चुनाव जित्ने बुढानिलकण्ठ नगरपालिकाका कांग्रेस नेता बद्री भट्टराईको दाबी छ । ‘थापाको पक्षमा माहोल बढेको छ, मतदाताले पनि उनलाई नै रुचाएका छन्’, उनले भने । यता प्रमुख प्रतिस्पर्धी भट्टराई आफूसँग पार्टीको घोषणापत्रका प्रतिवद्धता सहित स्थानीय एजेण्डा रहेको बताँउछन् । ‘एमालेको घोषणापत्र नै आधारभुत रुपमा मेरो एजेण्डा हो । खासगरी राष्ट्रिय हित र राष्ट्रिय मामलमा अडान लिने,सीमा व्यवस्थापन, विदेश नीतिलाई सन्तुतिल गर्ने हुनेछ । संबृद्ध नेपाल र सुखी नेपालीको अबधारणा कार्यान्वयन गर्ने बिषय मेरा एजेण्डा हुन् । उसो त एमालेको घोषणापत्रलाई काल्पनिक र सम्बभव नहुने सपना बाँढेको आरोप लाग्ने गरेको छ । अघिल्लो निर्वाचनमा साक्षात्कार गरेका भए पनि भट्टराई स्थानीयमाझ परिचित छैनन् । स्थानीय माझ जाँदा अधिकांश स्थानमा उनले परिचय गराइरहनुपरेको छ । प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारको रुपमा किचन क्याबिनेटसम्म रहेर झण्डै ३ वर्ष राज्य शक्तिमा रहँदा पनि यो क्षेत्रको विकासको लागि केही नगरेका भट्टराईले आगामी पाँच वर्षको लागि पनि कुनै एजेण्डा लिएका छैनन् । बारम्बार पराजित हुँदै आएका भट्टराई यसपालि यही कार्यक्रम र भाषणको भरमा चुनाव जित्ने इच्छाशक्ति लिएर अघि बढेका छन् । तर उनले गगनलाई जित्ने मुख्य हतियार भने तिनै गगनविरुद्धको गालीलाई अपनाएका छन् । यस निर्वाचनमा यस क्षेत्रमा ६९ हजार ७ सय ५२ मतदाता रहेका छन् । त्यस्तैगत बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको परिणामलाई आधार मान्दा पनि मुख्य प्रतिस्पर्धामा रहेको एमाले कमजोर रहेको देखिन्छ । स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको स्वतन्त्र उम्मेद्वारले जीत हासिल गर्दा कांग्रेसले मेयर पदमा दोस्रो मत पाएको थियो । महानगरमा एमालेले तेस्रो बन्न पुगेको थियो । काठमाडौ महानगरपालिकामा ०७४ का एमालेका विधासुन्दर शाक्यले जीत हासिल गरेका थिए । अघिल्लो निर्वाचनमा बाम गठबन्धनको एक्लै सामना गरेका थापालाई यसपटक ०७४ मा उनैलाई पराजित गर्न लागिपरेको माओवादी र एमालेबाट विभाजित बनेको एकीकृत समाजवादीको साथ छ । गगनलाई देशको कार्यकारी भूमिकामा देख्न चाहनेमा युवा, मतदातादेखि,अर्थशास्त्री र उनकै राजनीतिक सहकर्मी समेतको साथ छ । थापाले आफ्नो एजेण्डामा यस क्षेत्रको मुख्य समस्यामा रुपमा रहेको कपन डुवान समस्या समाधान, सार्वजनिक जग्गा संरक्षण, युवा रोजगारीको सुनिश्चितता, स्वास्थ्य संस्थाहरुको व्यवस्थापन तथा स्तरिकरण, खानेपानी ,ढल व्यवस्थापन लगायतका एजेण्डा सहित मैदानमा छन् । उनकै पलहमा आयोजना सम्पन्न नभएसम्म बजेट व्यवस्थापन हुनेगरी ‘धोबिखोला बुढानिलकण्ठ कपन डुवान आयोजन ,काठमाडौ ४ मा सुवर्णशम्शेर क्रिक्रेट स्टेडियम निर्माण लगायतका आयोजनाहरुलाई थापाले प्रथमिक्तामा राखेर चुनावी अभियानमा लागेका छन् । गगनले के के गरे २०७४ सालपछि बनेका यस्ता अरु पनि कैयौं सडकहरु छन्, जुन ७४भन्दा अघिसम्म अस्तव्यस्त भएको कपनमा छिर्न सहज भएको छ । काठमाडौं महानगरको वार्ड नं ७ र बुढानीलकण्ठ नगरपालिकाको वार्ड नं। १० को सीमा साततलेदेखि आकाशेधारा बालुवाखानी हुँदै वार्ड नं ८ को सुन्दर बस्तीसम्मको ३.८ किमी लामो एउटा सडक छ । कूल लागत अनुमान २८ करोड ८ लाख ६९ हजार रहेको यो सडक शैलुङ कन्ट्रक्सन कम्पनीले ठेक्का लिएका कारण समयमा सम्पन्न हुन सकेन । तर, यो सडकले अहिले कपनवासीलाई धेरै सुविधा दिएको छ । यस क्षेत्रका तत्कालीन सांसद गगन थापाको पहलमा सडक निर्माणको लागि बजेट परेको थियो । यो बाटो बनाउनका लागि स्थानीयको पहलेको माइन्युट यसप्रकार रहेको छ । त्यस्तै नारायणचोकदेखि मिलनचोकहुँदै भण्डारी गार्मेन्ट आउने सडक वडा नं १० प्रमुख र सबैभन्दा उपयोग हुने सडक हो । यो सडक पनि यही पाँचवर्षमा निर्माण सम्पन्न भएको छ । त्यसैगरी वडा नं १२ को तेन्जिङचोकबाट नवदुर्गा मन्दिरहुँदै ह्याण्डबल जाने सडक पनि यही पाँचवर्षमा स्तरोन्नतिसहितको विकास गरिएको सडक हो । यो सडक वडा नं १२ को लाइफलाइ सडक हो । यही सडकमा वडा कार्यालय पनि रहेको छ । त्यस्तै, कपनलाई सुविधा थप्ने अर्को बाटो हो, महांकालबाट कपन हुँदै चुनिखेल जाने सडक । काठमाडौ महानगरपालिकाको वार्ड नं। ६ महांकालबाट सुरु भएर बुढानीलकण्ठ नगरपालिकको वार्ड नं १२ को फैका, वार्ड नं ११ को पुरानो कपन, वार्ड नं १३ को चुनिखेलको टुपेक, टुसाल र गाम्चा हुँदै वार्ड नं २ मा पर्ने बाँसबारी हुँदै चपलीमा रहेको मूल सडकसम्म पुगेर यो सडक टुंगिने गर्छ । कुल १०।४५ कि।मि।को यो बाटो यस भेगमा निर्माण भएकामध्ये सबैभन्दा लामो र ठूलो बाटो हो । यो सडकले पनि काठमाडौंको मूल सडकसञ्जाललाई कपन र चुनीखेलसँग जोड्नको लागि सहयोग गरेको छ । कपनलाई सुगम बनाउने अर्को सडक हो बुढानीलकण्ठ नगरपालिकाको वार्ड नं। १० को आकाशेधारा देखि वार्ड नं। ११ को सिमा राममन्दिरसम्मको सडक । कुल लम्बाई १.३३० किमि रहेको यो सडक २०७४ सालभित्र सम्पन्न हुने भने पनि ठेकेदारले समयमा काम नगरेपछि पटकपटक म्याद थपिएको थियो । यो सडकको पनि निर्माण पूर्णतस् सम्पन्न नभइसकेको भए पनि यसले कपनलाई अन्य सडक सञ्जालबाट जोड्नको लागि भने सहयोग गरेको छ । हालै बुनपा १२ को खरिबोटदेखि पैँयुटारहुँदै जगडोल पुग्ने सडक टेण्डर भएको छ । त्यसैगरी कपन दारेगौँडा जगडोल सडक पनि टेण्डर भएको बुझिएको छ । संसदको रोजाइको एउटा सडक निर्माण कार्यका लागि बजेट विनियोजन गर्ने आ।व। २०७१।०७२को बजेटमा उल्लेख भएअनुसार सांसद गगन थापाले छानेको अर्को सडकले पनि कपनलाई सुगम बनाउन सहयोग गरेको छ । बुढानीलकण्ठ नगरपालिकाको वार्ड नं।८ सुन्दरबस्तीदेखि वार्ड नं १३ को चुनिखेलका टुपेक टुसाल हुँदै वार्ड नं। ११ को जगडोल जोड्ने यो सडकको पटकपटक ठेकेदारले समयमा काम नगर्दा सम्पन्न भएको छैन । तर अधिकांश भाग निर्माण भइसकेका यी सडकहरुले कपनलाई मूल बजारसँग नाकाबन्दी गर्ने कामबाट बचाएको छ । यसबाहेक चुनीखेलको पिकप्वाइन्टदेखि टुसालहुँदै भञ्ज्याङ सडक निर्माणाधीन छ । च्यानेखोला कोरिडोरमा केही काम सुरू भएर एक किलोमिटर जति निर्माण भइसकेको छ । यसले पनि चुनीखेलवासीलाई ठूलो राहत मिलेको छ । त्यस्तै, कौडोल–तारेभिर जस्ता सडक खण्डहरु निर्माण सम्पन्न नभइसकेको भएपनि चुनिखेललाई विकसित बनाउनको लागि प्रभावकारी भूमिका खेल्ने सडक आयोजनाहरु हुन् । गणेशचोकबाट कौडोल हुँदै सापाटारसम्मको सडक पनि चुनिखेलवासीको लागि महत्वपूर्ण सडक हो । बाँसबारी बुढानीलकण्ठ मूल सडकको गणेशचोकदेखि, चुनिखेलको कौडोल सापाटार सडक निर्माणको कार्य पनि सम्पन्न भइसकेको सडक हो । जम्मा ३।७ कि।मी।लामो यो सडक निर्माणले केही बर्षअघि सम्म दुर्गम र पिछडिएको भान हुने कौडोल सापाटार क्षेत्रकोलाई त कायापलट नै गराएको थियो भने चुनिखेलवासीको लागि पनि यो सडक महत्वपूर्ण रहेको छ । यसबाहेक गाम्चा जगडोल सडक र चुनिखेल सापाटार सडकले चुनिखेलको रूप परिवर्तन गरेको छ । सुन्दरबस्ती–चुनिखेल सडकको ९० प्रतिशतभन्दा धेरै काम सकिएको छ । यी सडक पछिल्लो पाँच वर्षमा निर्माण सम्पन्न भएका हुन् भने सडक निर्माणका गगन थापा र न्हुच्छेनारायणको पहलमा निर्माण भएको हो । अहिले बुनपाको डिठ्ठा चौरमा बनिरहेको नगर अस्पताल भनेर चिनिने शहरी स्वास्थ्य प्रणालीको नमुना केन्द्र र कामपा ३० वडामा रहेको शहरी स्वास्थ्य प्रबद्र्धन केन्द्र गगन थापाको परियोजनामा बनेको नमुना स्वास्थ्य केन्द्रहरु हुन् । बुढानीलकण्ठ नगरपालिका वडा नं १० को डिठ्ठा चौरमा एउटा भिन्न प्रकृतिको स्वास्थ्य केन्द्र बनिरहेको छ । भिन्न मोडलको स्वास्थ्य केन्द्र हो । गत चैतदेखि काठमाडौं महानगरपालिकाको वडा नं ३० मा खुलेको शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रले अहिले घरघरमा गएर वडावासीलाई स्वास्थ्य सेवा दिइरहेको छ । हरेक घरमा रहेका वडावासीको स्वास्थ्य अवस्थाको बारेमा वडा कार्यालयसँग स्पष्ट तथ्यांक छ । दीर्घरोगी भएको घरमा वडाले नै समयसमयमा गएर स्वास्थ्य सेवा दिने गरेको छ । यो शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र र बुढानीलकण्ठको नगर अस्पताल दुवै नेपाली काँग्रेसका महामन्त्री गगन थापाको परिकल्पनामा अघि बढिरहेको छ । महानगरको स्वास्थ्य प्रवद्र्धन केन्द्रभन्दा बृहद् योजनाले बुढानीलकण्ठमा काम भइरहेको भएपनि स्थानीय जनप्रतिनिधिले अवधारणाबारे चासो नदिँदा यो स्थापनाको समयमा अघि बढेको सोच अनुसार अघि बढ्न सकेको छैन । काठमाडौं क्षेत्र नं ४ का निवर्तमान सांसद एवं यो अवधारणाका परिकल्पनाकार गगन थापा सिंगै बुढानीलकण्ठ नगरपालिकाको स्वास्थ्य प्रणालीलाई सम्बोधन गर्नेगरि बृहद् योजना बनाउन लागेको भए पनि यो पूरा नभइरहेको बताउँछन् । बुनपामा बनिरहेको नगर अस्पताल सामान्य अस्पतालको मोडलभन्दा भिन्न खाले परिकल्पनाका साथ सञ्चालनमा आउन लागेको अस्पताल हो । गगन थापाको परिकल्पनामा स्थापना भएको भएकाे हाे । यो अस्पताल नगरपालिकाको स्वामित्वमा अघि बढिरहेको छ । त कोभिडको बेला पनि उनको सक्रियता निकै बढेको थियो । त्यस्तै, डेंगुको बेलापनि उनको तदारुकता निकै नै थियो । स्वास्थ्य प्रणालीले मान्छेलाई सकेसम्म रोगै लाग्न नदिने र लागेको खण्डमा पनि त्यसलाई सुरुकै अवस्थामा अन्त्य गर्ने गरी काम हुने गर्छ । हरेक घरमा रहेका दीर्घ रोगी, खोप लगाउने बालबालिका र नियमित हेरचाह गर्नुपर्ने उमेरका ज्येष्ठ नागरिकहरु तथ्यांक उक्त प्रणालीमा संकलन हुन्छ । त्यसपछि खोपदेखि पोषणसम्मका सबै उपचार र औषधि निस्शुल्क दिने एवं त्यहाँ निको नहुने उपचारको लागि ठूलो अस्पतालमा रिफर गर्ने कामको लागि पनि यो प्रणालीले काम गर्ने थापाले बताएका छन् । अस्वस्थ मान्छे उत्पादन गरेर राज्यलाई भार मात्रै थपिने भएकोले मान्छेलाई अस्वस्थ बन्न नदिने काम सो प्रणालीले गर्ने गगनको सोच थियो । त्यसैले स्वास्थ्य बीमाको काम अघि बढाउने र सबै नागरिकलाई समान उपचारको प्रत्याभूति दिलाउने नगरपालिकाको स्वास्थ्य प्रणाली अहिले डिठ्ठा चौरमा सुस्त गतिमा अघि बढिरहेको छ । आफू अनुकूल स्थानीय जनप्रतिनिधि नआउँदा सोचे अनुसार काम हुन नसकेको गगनको गुनासो छ । गगन बस्छन् क्षेत्र नं ४ मा नै , भट्टराई भैसेपाटीमा त्यसो त गगन थापा क्षेत्र नं ४ मा नै बसोबास गर्छन् । त्यहि भएर पनि उनी क्षेत्र नं ४ को हरेक भेला, आपत विपत छिटो उपस्थित जनाउँदछन् । कपनमा आगलागि हुने वित्तिकै  गगन पुगेका छन् । तर राजन पुग्न भने समय लगाउने गरेका छन्  । राजन भट्राई भने भैसेपाटीमा बसोबास गर्ने गरेका छन् । त्यहि भएर पनि बेला बेलामा उनलाई टुरिस्टको आरोप लाग्ने गरेको छ । यस्तो छ अंकगणित चुनावी चर्चामा आइरहने यो क्षेत्र काठमाडौं महानगरपालिकाका ४ र बूढानीलकण्ठ नगरपालिकाका ८ वटा वडा गाभेर बनाइएको छ। जसमा काठमाडौं महानगरका १, ७, ८ र ३० तथा बूढानीलकण्ठ नगरपालिकाका १, २, ८, ९, १०, ११, १२ र १३ नम्बर वडा समेटिएका छन्। निर्वाचन आयोगले १२ वडामा चुनाव सम्पन्न गर्न ३३ वटा मतदात केन्द्र निर्धारण गरेको छ। निर्वाचन आयोगले दाबी–विरोध प्रयोजनका लागि सार्वजनिक गरेको मंसिर ३ गते १८ वर्ष पूरा हुनेको नामावलीअनुसार काठमाडौं–४ मा कुल मतदाताको संख्या ६९ हजार ३६७ छ। आयोगको विवरणअनुसार काठमाडौं ४ अन्तर्गत सबैभन्दा बढी काठमाडौं महानगरपालिका–७ मा ९१५ हजार १३९० र सबैभन्दा कम बूढानीलकण्ठ नगरपालिका–१ मा ९२ हजार २३३० मतदाता छन्। आयोगले सबैभन्दा बढी मतदाता रहेको काठमाडौं महानगरपालिका–७ मा नौ र सबैभन्दा कम मतदाता रहेको बूढानीलकण्ठ नगरपालिका–१ मा एक मतदान केन्द्र तोकेको छ। काठमाडौं–१ र ८ मा तीन–तीन, काठमाडौं–७ मा नौ, काठमाडौं–३० मा ५, बूढानीलकण्ठ–२, ८, १०, ११ र १३ मा दुई–दुई तथा बूढानीलकण्ठ–१, ९ र १२ मा एक–एक मतदात केन्द्र छन्। सडक निर्माण, ढलको व्यवस्थापन, पार्क, प्राकृतिक सम्पदाको संरक्षण, शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र, हेरिटेज वाक लगायतका काममा थापाकै सक्रियतामा सम्भव भएको कांग्रेस पक्ष दाबी गर्छ । प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकार हुँदा विकासका कार्यमा अनेकौं कार्य गरेको एमाले पक्ष दावी गर्छ । थापा र भट्टराईलाई यस क्षेत्रमा स्थानीय तहको मत हेर्दा आशा र डर दुबैलाई उस्तै छ । काठमाडौं महानगरका वडातर्फ कांग्रेस बलियो देखिन्छ । यस क्षेत्रमा पर्ने बूढानीलकण्ठतिरका वडाको तथ्यांकले भट्टराईलाई बलियो देखाउँछ । महानगरका वडा नं। १, ७, ८, ३० र बूढानीलकण्ठ नगरपालिकाका १, २, ८, ९, १०, ११, १२, १३ वडा यस क्षेत्रमा पर्दछन् । यस क्षेत्रमा पर्ने कुल १२ वडामध्ये काठमाडौंको ७, ८ र ३० मा मात्रै कांग्रेसका वडाध्यक्ष विजयी भएका छन् । क्षेत्रमा पर्ने ९ वटा वडामा एमालेका वडाध्यक्ष निर्वाचित भएका छन् । स्थानीय तहको मतको आधार लिने हो भने यो क्षेत्रमा गठबन्धन उम्मेदवारको अवस्था केही बलियो बलियो देखिन्छ । काठमाडौं–४ मा पर्ने वडाहरूमा एमालेले पाएको कुल मत १६ हजार ९८१ छ । दोस्रो स्थानमा रहेको कांग्रेसले १६ हजार ८४ मत पाएको छ । एकीकृत समाजवादीलाई यस प्रदेशको एउटा क्षेत्र छुट्याइएकोले उक्त दलको मत पनि थापालाई थपिने अवस्था बन्नसक्छ । स्थानीय तहमा एकीकृत समाजवादीले पाएको मत २ हजार ६८८ छ । माओवादी केन्द्रले छैटौं स्थानको मत ८७३ पाएको थियो । सत्ता गठबन्धनका तीन दलले पाएको मत जोड्दा १९ हजार ६४५ पुग्छ । थोरै मत भए पनि गठबन्धनका अन्य दलको मत थपिँदा थापालाई केही सहज हुनसक्छ ।  
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:०५
प्रतिक्रिया दिनुहोस्