नेभिगेशन
जीवनयापन

नरेश थापा सहायक प्रशिक्षकमा नियुक्त

काठमाडौँ–पाकिस्तान विरुद्ध हुने मैत्रीपूर्ण फुटबल खेलका लागि नरेश थापा राष्ट्रिय टिमको सहायक प्रशिक्षकमा नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले कात्तिक ३० गते हुने खेलका लागि थापालाई सहायक प्रशिक्षक नियुक्त गरेको हो । एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङले एन्फा कम्प्लेक्समा थापालाई नियुक्ती पत्र हस्तान्तरण गरे । यसअघि नै एन्फाले मछिन्द्र क्लबलाई लगातार दुई पटक ‘ए’ डिभिजन लिग जिताएका प्रवेश कटुवाललाई पाकिस्तान विरुद्धको खेलका लगि मुख्य प्रशिक्षक नियुक्त गरिसकेको छ । नेपाल र पाकिस्तानबीचको खेल दशरथ रंगशालमा हुनेछ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै