नेभिगेशन
जीवनयापन

एमालेलाई सघाएको आरोपमा गण्डकीका ऊर्जा मन्त्रीलाई हटाइँदै

पोखरा–गण्डकी प्रदेशका ऊर्जा स्रोत मन्त्री हरिशरण आचार्यलाई बर्खास्त गरिने भएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्री आचार्यलाई पदमुक्त गर्न लागेका हुन् । सत्ता गठबन्धनको साटो विपक्षीलाई सहयोग गरेको आरोपमा आचार्यलाई मुख्यमन्त्रीले हटाउने तयारी गरेका हुन् । आचार्यले गोरखा २ (१) बाट प्रदेशसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका थिए । बाबुराम भट्टराईको पार्टीबाट मन्त्री बनेका आचार्यले पछि उम्मेदवारी फिर्ता लिएका थिए । उनको पार्टी नेपाल समाजवादी पार्टी भने सत्ता गठबन्धनमा सामेल छ । तर ,आचार्यले गोरखामा एमालेलाई सहयोग गरेको आरोप छ । गोरखा २ (ख) बाट प्रदेश सभामा बाबुराम भट्टराईनिकट फणीन्द्र देवकोटा सत्ता गठबन्धनबाट उम्मेदवार छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै