Nic Ad Nic Ad
Nic Ad Nic Ad

सेयर कारोबार रकम आघा घट्यो

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ–दुई महिनापछि सोमबार दुई अर्बभन्दा बढीको सेयर कारोबार भएकामा मंगलबार (आज) कारोबार रकम आधा घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार सोमबार दुई अर्ब १० करोड रुपैयाँको सेयर कारोबार भएको थियो । आज भने एक अर्ब पाँच करोड ६० लाख रुपैयाँको मात्र सेयर कारोबार भएको नेप्सेले जनाएको छ । यस दिन नेप्से परिसूचक २.५७ अंक घटेर १९५६.३६ विन्दुमा रोकिएको छ । कारोबारमा आएका २२६ धितोपत्रको २७ लाख ७३ हजार ७३७ कित्ता सेयर खरिद–बिक्री भएको छ । मंगलबार सर्वाधिक मूल्यको सेयर खरिद–बिक्री शिवम् सिमेन्टको भएको छ । यो कम्पनीको आठ करोड ५७ रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । यस दिन कालिका लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ५.७७ प्रतिशतले घटेर ९२२ रुपैयाँ ५० पैसा कायम भएको छ । यो कम्पनीले आज प्रकाशन गरेको पहिलो त्रैमासिक वित्तीय विवरणमा नाफासँगै खुद ब्याज आम्दानी घटेको हुँदा लगानीकर्ताको आकर्षण घटेको हो । कारोबारमा आएका १३ समूहमध्ये चार समूहको परिसूक बढेकोे छ । बाँकी समूहको परिसूचक घटेको छ । सर्वाधिक परिसूचक वृद्धि हुनेमा जीवन बिमा समूहको परिसूचक १.०३ प्रतिशत छ । सर्वाधिक परिसूचक घट्नेमा व्यापार समूहको परिसूचक १.५६ प्रतिशत छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  २०:४१
प्रतिक्रिया दिनुहोस्