माइतीघरमा समाचकेवा (फोटो फिचर)
काठमाडौँ–थारु महिला समाजले काठमाडौँको माइतीघरमा समाचकेवा मनाएको छ ।
थारु समुदायले भाइ–बहिनीको प्रेमको प्रतीकको रुपमा समाचकेवा प्रत्येक वर्ष कात्तिक शुल्क द्धितियाको दिनदेखि थारु समुदायका दिदि बहिनीहरू आफ्नो दाजु भाइको दीर्घायुको कामना गर्दै समा चकेवा मनाउने गर्दछन् ।
यो पर्व कात्तिक द्वितीया तिथिदेखि प्रारम्भ भएर शुक्ल पक्ष पूर्णिमाको तिथि सम्म मनाउने गरिन्छ । यसमा समा र चकेवाको प्रतीकको रुपमा राजकुमार चक्रवाक र राजकुमारी समा तथा अन्य सदस्यहरू जस्तै नटुवा,तितिर, झाँझी कुकुर , इत्यादिलाई माटोले उनीहरूको आकृति बनाई डालामा राखेर घर आँगनमा गीत गाउदै घुमाउने गरिन्छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०६:०३
प्रतिक्रिया दिनुहोस्