नेभिगेशन
जीवनयापन

उम्मेदवार विरोध खतिवडामाथि हातपात

हेटौंडा–मकवानपुरको मनहरीमा नेकपा एकीकृत समाजवादीका नेता तथा मकवानपुर–२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विरोध खतिवडामाथि हातपात भएको छ । मनहरी गाउँपालिका–४ मा चुनावी कार्यक्रमका लागि जाने क्रममा मंगलबार पूर्वमन्त्री समेत रहेका नेता खतिवडामाथि दुव्र्यवहार भएको मकवानपुर प्रहरीले जनाएको छ । एक प्रत्यक्षदर्शीका अनुसार सभास्थलमा आइपुगेका खतिवडालाई गाडीबाट ओर्लने बित्तिकै हेटौंडा उपमहानगरपालिका–२ का अन्दाजी ५५ बर्षीय पुरुषोत्तम खड्काले हातपात गरेका थिए । जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी टेकबहादुर कार्कीले खतिवडामाथि अभद्र व्यवहार गर्ने खड्कालाई नियन्त्रणमा लिएको जानकारी दिए । प्रारम्भिक अनुसन्धानमा खड्काले मादक पदार्थ सेवन गरेको पाइएको र पुरानो रिसइबी समेत रहेको उनले बताए ।  
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै