भारतले थप १ वर्ष चिनी निर्यात नगर्ने
काठमाडौं- भारत सरकारले चिनी निर्यातमा लगाएको प्रतिबन्ध थप १ वर्ष लम्ब्याएको छ ।
भारतले आन्तरिक बजारमा चिनीको उपलब्धता सहज बनाउन र मूल्य नियन्त्रण गर्न यसको निर्यातमा लगाउँदै आएको प्रतिबन्ध १ वर्ष थप्ने निर्णय गरेको हो ।
भारतले चिनी निर्यातमा लगाएको प्रतिबन्ध थप गरेसँगै नेपालमा आवश्यक पर्ने चिनीको आयात कहाँबाट गर्ने भन्ने प्रश्न उठेको छ ।
यसअघि भारतले आन्तरिक बजारमा उपभोग्य वस्तुको मूल्य नियन्त्रणमा राख्न भन्दै गएको जुन १ देखि अक्टोबर ३१ सम्म चिनी निर्यातमा रोके लगाएको थियो । भारत सरकारको वैदेशिक व्यापार महानिर्देशनालयले एक विज्ञप्ति जारी गर्दै उक्त निर्यात प्रतिबन्ध ३१ अक्टोबर २०२३ सम्म कायम राख्ने बताएको छ । भारतको यस्तो कदमपछि नेपाली बजारमा चिनीको मूल्य अकासिनेदेखि कालोबजारीले बढावा पाउन सक्ने उपभोक्ताको चिन्ता छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ००:५४
प्रतिक्रिया दिनुहोस्