अमेरिकामा बाइडेनको पार्टीले हार्ने सम्भावना
काठमाडौँ–संयुक्त राज्य अमेरिकामा मंगलबार मध्यावधि चुनाव भएको छ । यस चुनावको परिणामले राष्ट्रपति जो बाइडेनको बाँकी दुई वर्ष र त्यसपछिको कार्यकालमा ठूलो प्रभाव पार्ने विश्लेषकहरुको भनाइ छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले गरेको प्रक्षेपणमा रिपब्लिकन पार्टी जितको नजिक रहेको बताइएको छ । सिनेटमा बराबरजस्तो संख्या आए पनि हाउसमा भने रिपब्लिकनको स्पष्ट बहुमत आउन सक्ने बताइएको छ ।
यी चुनावहरू कंग्रेसका लागि हुन् । जुन संसदमा रहेका दुई भागहरू– प्रतिनिधि सभा र सिनेट मिलेर बनेको हुन्छ । यी मतदान प्रत्येक दुई वर्षमा आयोजित हुन्छ । जुन राष्ट्रपतिको चार वर्षको कार्यकालको बीचमा पर्छ, त्यसैले यसलाई मध्यावधि चुनाव भनिन्छ ।
कंग्रेसले पूरै देशको लागि कानुन बनाउँछ । सदनले निर्णय गर्छ कुन कानूनहरूमा मतदान गर्ने भनेर । यस्तै, सिनेटले ती कानूनहरु रोक्न वा अनुमोदन गर्न सक्छ । सिनेटले राष्ट्रपतिद्वारा गरिएको नियुक्तिहरू पुष्टि गर्न सक्छ र राष्ट्रपतिविरुद्ध कुनै पनि अनुसन्धान सञ्चालन गर्न सक्छ ।
प्रत्येक राज्यमा दुई सिनेटरहरू हुन्छन् । जो छ वर्षका लागि सिनेटमा बस्छन् । प्रतिनिधिहरूले दुईवर्ष सेवा गर्छन् र साना जिल्लाहरूको प्रतिनिधित्व गर्छन् ।
प्रतिनिधि सभाका सबै सिट र सिनेटको एक तिहाइसँगै चुनावका लागि उम्मेदवारी दिएका छन् । यसका अलवा, केही प्रमुख राज्यहरूमा पनि गभर्नर र स्थानीय अधिकारीहरूको लागि चुनाव हुनेछ ।
कसले जित्ला ?
विगत दुई वर्षदेखि संसद् र सिनेटमा डेमोक्रेटिक पार्टीको बहुमत छ । जसले गर्दा राष्ट्रपति जो बाइडेनलाई आफूले चाहेको कानून पारित गर्न यो सहयोगी भएको छ ।
तर डेमोक्रेटहरुले त्यो बहुमतको मार्जिन रिपब्लिकनहरूसँग धेरै कम राखेका छन् । त्यसैले निर्वाचनमा कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
यस्तै, मंगलबारको मतदानले रिपब्लिकनले सदन लिन सक्ने र डेमोक्रेटले सिनेटमामात्र बहुमत ल्याउन सक्ने देखाएको बेलायती समाचार संस्था बीबीसीको टिप्पणी छ ।
सदनका ४३५ सिटमध्ये अधिकांश सिट दुवै पक्षले सुरक्षित रूपमा राखेका छन् । मंगलबारको चुनावमा मात्र ३० सिटको लागि दुईबीच संघर्ष हुनेछ ।
पेन्सिलभेनिया, क्यालिफोर्निया, ओहायो र उत्तरी क्यारोलिना जस्ता राज्यहरूका सहरहरू वरपरका उपनगरीय क्षेत्रहरूको नतिजाले चुनावमा असर पार्नेछ ।
यता सिनेटमा केही असर पर्नेछ । ३५ सिट मध्ये ४ सिटको नतिजा डेमोक्रेटको पक्षमा नआउन सक्छ । जसमा प्रमुख दौडहरू नेभाडा, एरिजोना, जर्जिया र पेन्सिलभेनिया राज्यहरुमा हुनेछन् । धेरै नतिजाहरुमा ग्याप एकदमै कम हुने अपेक्षा गरिएको छ । पूर्ण नतिजाको लागि भने केही दिन कुर्नुपर्नेछ ।
ठूला मुद्दाहरु के के छन् ?
सन् २०२२ को सुरुवात सँगै अमेरिकाको सबैभन्दा ठूलो मुद्दाहरू आप्रवासन, अपराध र महङ्गी हुन गइरहेको छ । जुन रूढिवादी रिपब्लिकनहरूका लागि मत जित्ने आधार हो ।
तर, त्यो अवस्था जुन महिनामा परिवर्तन भयो, जब अमेरिकी सर्वोच्च अदालतले राष्ट्रिय गर्भपतन संरक्षणलाई खारेज ग¥यो, जसले डेमोक्रेटहरुको प्रशंसक बढायो । उक्त आदेशले महिलाहरूलाई गर्भपतन छनौट गर्ने अधिकारलाई समर्थन गर्छ र डेमोक्रेटहरुले धेरै अभियानहरूको केन्द्रबिन्दुमा उक्त मुद्दा राखेका थिए ।
तर त्यो निर्णयको तत्काल प्रभाव घट्दै जाँदा रिपब्लिकनहरूले मतदाताको ध्यान मुद्रास्फीति, आप्रवासन र हिंसात्मक अपराधमा केन्द्रित गर्न खोजिरहेका छन् ।
परिणामले कस्तो प्रभाव पार्ला ?
अक्सर मध्यावधि चुनावले राष्ट्रपतिको शासन जनताले कति रुचाइरहेका छन् भन्ने ऐना देखाउँछ । ह्वाइट हाउसमा विजयी रहेको पार्टीहरुले सिटहरू गुमाउन पनि सक्छ ।
यही चिन्ताले राष्ट्रपति बाइडेनलाई पनि खाइरहेको छ । गएको अगस्टदेखि बाइडेनको लागि मतदाताहरू बीचको अनुमोदन रेटिङ ५० प्रतिशतभन्दा कममा झरिरहेको छ ।
यदि डेमोक्रेटहरु सत्तामा टिकेमा राष्ट्रपति बाइडेनले जलवायु परिवर्तन, सरकारद्वारा सञ्चालित स्वास्थ्य सेवा कार्यक्रमहरू विस्तार गर्ने, गर्भपतन अधिकारको रक्षा र बन्दुक नियन्त्रणमा कडा कानून लागु गर्ने आफ्ना योजनाहरू कार्यान्वयन गर्न सक्षम हुनेछ ।
यदि रिपब्लिकनहरूले बहुमत ल्याएमा सरकारको कुनै पनि च्याम्बरको नियन्त्रण लिई उनीहरूले एजेन्डालाई प्रभावकारी रूपमा संसद्बाट रोक्न सक्षम हुनेछन् ।
यस्तो भएमा रिपब्लिकनहरूले अनुसन्धान समितिहरूलाई पनि नियन्त्रण गर्न सक्षम हुनेछन् । उनीहरूले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरूले अमेरिकाको राजधानीमा ६ जनवरी २०२१ मा गरेको हमलाको अनुसन्धान समेत अन्त्य गर्न सक्नेछन् । तर, उक्त अनुसन्धान वर्षको अन्त्यसम्ममा समाप्त हुने बताइएको छ ।
यस्तै, जो बाइडेनको छोराको चिनियाँ व्यापारिक कारोबार वा अफगानिस्तानबाट अमेरिकी सेनाको अचानक फिर्ती जस्ता रिपब्लिकन पार्टीका रुचिका विषयहरूमा पनि उनीहरूले नयाँ अनुसन्धान सुरु गर्न सक्छन् ।
यसले बाइडेनका लागि अमेरिकी सर्वोच्च अदालतसहित नयाँ नियुक्तिहरू गर्न कठिनाइ हुनेछ । सदनमा रिपब्लिकनको वर्चस्व रहे उनको विदेश नीतिलाई पनि बाधा पुग्नेछ ।
विशेषगरी यसले युक्रेनलाई सहयोग पु¥याउँनेछ । किनकि यसले रूसी आक्रमण विरुद्ध लड्नेछ । बदलामा, राष्ट्रपति बाइडेनले आफ्नो राष्ट्रपतिको भिटो अधिकार प्रयोग गर्दै रिपब्लिकनले समर्थन गरेको गर्भपतन, आप्रवासन र करहरू सम्बन्धि कानूनहरू रोक्न सक्छन् । यसले सन् २०२४ को राष्ट्रपतिको चुनावमा कस्तो प्रभाव पार्नेछ ?
यही मध्यावधि चुनावको नतिजाले हामीलाई सन् २०२४ को लागि रिपब्लिकन पार्टीबाट राष्ट्रपतिको उम्मेदवार को हुन सक्छ भन्ने कुराको संकेत दिन सक्छ ।
यदि ट्रम्पले समर्थन गरेका उमेदवारहरूले नराम्रो नतिजा ल्याए उनी फेरि रिपब्लिकन पार्टीको तर्फबाट उमेदवार हुने सम्भावना कम छ । फ्लोरिडा र टेक्सास राज्यहरुबाट रिपब्लिकन गभर्नर रोन डिसेन्टिस र ग्रेग एबटले पुनः ह्वाइट हाउसको लागि उमेदवारी दिने आशा राखेका छन् ।
यदि डेमोक्र्याटहरूले मिशिगन, विस्कनसेन र पेन्सिलभेनियामा सत्तामा टिक्न सके भने आगामी चुनावको लागि केही आत्मविश्वास बढ्नेछ ।
यस्तो भएमा उनीहरूले राष्ट्रपति बाइडेनलाई पुनः निर्वाचित गराउनको लागि सन् २०२४ अभियान थाल्न सक्छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०४:२३
प्रतिक्रिया दिनुहोस्