Nic Ad Nic Ad
Nic Ad Nic Ad

सेयर मूल्य फेरि घट्यो

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ–सेयरबजार फेरि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ३९.१५ अंकले र सेन्सिटिभ सूचक ७.६८ अंकले घटेको हो । २ प्रतिशतले ओरालो लागेको बजारमा २२३ कम्पनीको १ अर्ब ४० करोड ७३ लाखको सेयर किनबेच भएको छ । बुधबार ११ बजे बजार खुलेदेखि नै निरन्तर ओरालो लागेको थियो । बुधबार १३ वटै उपसूचक राताम्य हुन पुगेका छन् । ४ वटाको बढे पनि १८१ कम्पनीको सेयर घटेको छ । लगानीकर्ताले ७.४२ प्रतिशतले कमाउँदा गुमाउनेले सोही दरमा गुमाएका छन् । नेष्डो लघुवित्तको सर्वाधिक ६ करोड ७८ लाखको कारोबार भएको छ ।  
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०१:०३
प्रतिक्रिया दिनुहोस्