Nic Ad Nic Ad
Nic Ad Nic Ad

सेयरधनीलाई लाभांश लिन बोलायो युनाइटेडले

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ – युनाइटेड इन्स्योरेन्स कम्पनीले लाभांश प्राप्त गर्न बाँकी रहेका सेयरधनीलाई लाभांश बुझ्न आग्रह गरेको छ । कम्पनीले सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । विभिन्न आर्थिक वर्षको नगद लाभांश प्राप्त गर्न बाँकी सेयरधनीलाई उक्त रकम बुझ्न आग्रह गरिएको कम्पनीले जनाएको छ । लगानीकर्ताले नगद लाभांश लिन कम्पनीको सेयर रजिष्ट्रार नबिल इन्भेष्टमेन्ट बैंकिङ, नारायणचौर, नक्सालमा आवश्यक कागजपत्र सहित ३० दिनभित्र सम्पर्क गर्नुपर्नेछ । अन्यथा सो रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने सूचनामा उल्लेख छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  २२:२५
प्रतिक्रिया दिनुहोस्