विश्वकप फुटबल : क्रोएसिया, अमेरिका र बेल्सको टिम घोषणा
काठमाडौँ– कतारमा आयोजना हुने विश्वकप फुटबल सुरु हुन १० दिन बाँकी हुँदा विभिन्न देशले आफनो टोली धमाधम घोषणा गरिरहेको छ । साबिक उपविजेता क्रोयसियाले पनि आफ्नो टोली घोषणा गरेको छ ।
क्रोएसियाले मिडफिल्डर लुका मोड्रिचको कप्तानीमा २६ सदस्यीय टोली घोषणा गरेको हो । मोड्रिचकै कप्तानीमा रुस विश्वकपमा क्रोएसिया पहिलोपटक फाइनलमा पुगेको थियो ।
तर क्रोएसियाको विश्वकप खेल्ने टिममा स्टार मिडफिल्डर इभान र्याकिटिच भने अटाएनन् । अघिल्लो विश्वकपमा क्रोयसियाले इतिहास रच्दा उनी टोलीको महत्वपूर्ण हिस्सा थिए। त्यतिबेला बार्सिलोना रहेका उनी अहिले स्पेनकै सेभियामा फर्किएका छन् । अहिले सेभिया लिगमा खराब अवस्थामा रहँदा र्याकिटिचको पनि प्रदर्शन खस्किएको छ ।
क्रोयसिया रहेको समूह एफ मा बेल्जियममा बलियो मानिएको छ । बेल्जियमसँगै क्रोयसिया अन्तिम १६ मा पुग्ने अनुमान गरिएको छ । यहि समूहमा क्यानडा र मोरक्को पनि छन् । क्रोयसियाले मंसिर ७ गते दिउँसो ३ः४५ बजे मोरक्कोसँग पहिलो खेल खेल्नेछ ।
क्रोयसियाली टिम
गोलरक्षक : डोमिनिक लिभाकोभिक, इभिका इभुसिक, इभो ग्रबिक
डिफेन्डर : डोमागोज भिडा, डेजान लोभ्रेन, बोर्ना बारिसिस, जोसिप जुरानोभिक, बोर्ना सोसा, जोसिप स्टानिसिस, मार्टिन इर्लिक, जोसिप सुटालो
मिडफिल्डर : लुका मोड्रिक, माटिओ कोभासिस, मार्सेलो ब्रोजोभिक, मारिओ पासालिक, निकोला भ्लासिक, लोभ्रो मेजर, क्रिस्टिजन जकिस, लुका सुसिक
फरवार्ड : इभान पेरिसिक, आन्द्रेज क्रामारिक, ब्रुनो पेटकोभिक, मिस्लाभ ओर्सिस, एन्टे बुडिमिर र मार्को लिभाजा
यस्तो छ अमेरिकी टोली
विश्वकप फुटबलमा लागि अमेरिकाले टिम घोषणा गरेको छ । अमेरिकाले बिहीबार विश्वकपका लागि २६ सदस्सीय टोलीको घोषणा गरेको हो ।
विश्वकपमा अमेरिका समूह ‘बी’ मा रहेको छ । अमेरिकाले पहिलो खेल नोभेम्बर २२ मा वेल्ससँग खेल्दै सुरु गर्नेछ । अमेरिका रहेको समूहमा इङ्ग्ल्यान्ड, इरान र वेल्स छन् ।
को–को छन टिममा ?
गोलकिपर : एथान होर्भाथ, सिन जोन्सन र म्याट टर्नर
डिफेन्डर : क्यामरुन कार्टर–भिकर्स, सर्गिनो डेस्ट, आरोन लङ, शाक मूरे, टिम रिम, एन्टोनी रोबिन्सन, जोए स्क्याली, डिएन्ड्रे येडलिन र वाकर जिमरम्यान
मिडफिल्डर : ब्रेन्डन आरोन्सन, केलीन एकोस्टा, टेलर एडम्स, लुका डे ला टोरे, वेस्टन म्याकेनी, युनुस मुसाह र क्रिस्टियन रोल्डन
फरवार्ड– जेसस फेरेइरा, जोर्डन मौरिस, क्रिस्टियन पुलिसिक, जियो रेयना, जोस सार्जेन्ट, टिम विह र हाजी राइट
वेल्सको टिम
युरोपियन देश वेल्सले पनि विश्वकप फुटबल खेल्ने आफ्नो टोली घोषणा गरेको छ ।
चर्चित स्ट्राइकर ग्यारेथ बेलको कप्तानीमा वेल्सले २६ सदस्यीय टोलीको घोषणा गरेको हो । अनुभवी खेलाडीलाई स्थान दिँदै वेल्सले विश्वकपका लागि टोली तयार गरेको छ । पछिल्लो समय खराब नतिजाका बाबजुत वेल्स अन्तिम खेलमा युक्रेनलाई पराजित गर्दै प्लेअफबाट वेल्सले स्थान बनाएको हो ।
ग्यारेथ बेलकै गोलमा युक्रेनलाई वेल्सले १–० ले पराजित गर्दै विश्वकपको यात्रा तय गरेको थियो ।
कतार विश्वकपमा वेल्स समूह बीमा छ । समूह बीमा इङ्ल्याण्ड, इरान र अमेरिका पनि छन् । मंसिर ५ गते राति १२ः४५ बजे अमेरिकासँग खेल्दै वेल्सले विश्वकप यात्रा सुरु गर्नेछ ।
यस्तो छ टिम
गोलरक्षक : वायन हेनेसी, डेनी वार्ड, एडम डाभिस
डिफेन्डर : नेको विलियम्स, बेन डाभिस, बेन काबाङ्गो, जो रोडन, क्रिस मेफाम, एथन एमपाडु, क्रिस गन्टर, कोनर रोबर्टस्, टोम लकर
मिडफिल्डर : आरोन राम्सी, जोय एलन, ह्यारी वील्सन, जोम मोरेल, डिलन लेविट, रुविन कोलवील, जोनी वीलियम्स, म्याथु स्मिथ, सोर्वा थोमस
फरवार्ड : ग्यारेथ बेल, डेन जेम्स, किफर मुरे, मार्क ह्यारिस, ब्रेनान जोन्सन
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०४:०१
प्रतिक्रिया दिनुहोस्