मधेसलाई पराजित गर्दै एपीएफ प्रधानमन्त्री कपको फाइनलमा
काठमाडौं–मधेस प्रदेशलाई ७ विकेटले पराजित गर्दै एपीएफ क्लब प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।
त्रिवि क्रिकेट मैदानमा बिहीबार टस हारेर ब्याटिङमा उत्रिएको मधेसले ३१ ओभरमा सबै विकेट गुमाएर एक सय २२ रनको योगफल तयार गरेको थियो ।
जवाफी ब्याटिङमा उत्रिएको एपीएफले २१.३ ओभरमा तीन विकेट गुमाएर लक्ष्य पूरा गरेर जित हासिल गरेको हो । एपीएफका लागि ओपनर प्रदीप ऐरीले ३३ तथा आसिफ शेखले २५ रनको योगदान गरे । यस्तै, लोकेश बम सर्वाधिक ३५ रनमा अविजित रहँदा सुमित महर्जन १३ रन बनाएर पेभेलियन फर्केका थिए ।
जितसँगै फाइनलमा पुगेको एपीएफले शुक्रबार हुने त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीचको दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि खेल्ने छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०३:५४
प्रतिक्रिया दिनुहोस्