इंग्ल्याण्ड फाइनलमा, भारतीय टोली १० विकेटले पराजित
काठमाडौँ– भारतलाई हराउँदै इङ्ग्ल्यान्ड टी–२० विश्व कप क्रिकेटको फाइनलमा पुगेको छ । आज बिहीवार भएको सेमिफाइनल खेलमा भारतलाई १० विकेटले हराउँदै इङ्ग्ल्यान्ड फाइनलमा पुगेको हो ।
भारतले दिएको एक सय ६९ रनको लक्ष्य इङ्ग्ल्यान्डले एक विकेट पनि नगुमाइ १६ ओभरमा भेटायो । उसका लागि एलेक्स हेल्स र जोस बटलरले रन बनाए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ६८ रन बनायो । उसका लागि हार्दिक पान्डेयाले ६३ र विराट कोहलीले ५० रन बनाए । बलिङतर्फ क्रिस जोर्डनले तीन विकेट लिए ।
अब इङ्ग्ल्यान्डले फाइनलमा आउँदो आइतवार मेलबर्नमा पाकिस्तानसँग खेल्नेछ ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९ ११:१६
प्रतिक्रिया दिनुहोस्