काठमाडौँमा खुला स्थानमा आगो बल्न नपाइने
काठमाडौँ । वायु प्रदूषण बढेको भन्दै काठमाडौं महानगरपालिकाले खुला रुपमा आगो बाल्न रोक लगाएको छ। काठमाडौं महानगरपालिकाले सार्वजनिक सूचना निकालेर महानगर क्षेत्रभित्र खुला रुपमा आगो नबाल्न आग्रह गरेको हो।
खुला रुपमा आगो बाल्ने तथा फोहर जलाउने जस्ता गतिविधिले वायु प्रदूषण बढ्ने तथा जनस्वास्थ्यमा पनि असर गर्ने हुँदा प्रतिबन्ध लगाएको सूचनामा उल्लेख छ।
महानगर क्षेत्रभित्र कसैले खुला रुपमा आगो बालेमा तथा फोहर जलाएमा महानगरको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ अनुसार कारबाही गर्ने चेतावनी दिएको छ। केही दिनयता काठमाडौं उपत्यकासहित देशका मुख्य शहरमा प्रदूषण बढ्न थालेको छ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ००:०८
प्रतिक्रिया दिनुहोस्