Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रभु बैंकद्वारा भिसा डाइरेक्ट सेवा सुरु

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ–प्रभु बैंक लिमिटेडले अन्तर्राष्ट्रिय रेमिट्यान्स भुक्तानीलाई सहज बनाउने उद्देश्यका साथ भिसा इण्टरनेशनलसँगको सहकार्यमा भिसा डाइरेक्ट सेवाको सुरुवात गरेको छ । यस सेवामार्फत विदेशबाट यस बैंकको भिसा डेविट कार्डका ग्राहकहरूलाई बिना झण्झट सरल र सजिलै रेमिट्यान्स पठाउन सकिने व्यवस्था मिलाइएको छ । यस सेवाअन्तर्गत भिसा डाइरेक्टमा सहभागी रहेका १८० भन्दा बढी देशहरूबाट नेट बैंकिङ, मोबाइल वा एटीएममार्फत यस बैंकद्वारा जारी गरिएको १६ अंकको भिसा कार्ड नम्बरमा विश्वको जुनसुकै स्थानबाट नेपालमा रहेका आफन्तजनहरुलाई सरल, सहज र सुरक्षित तरिकाले चाहेको समयमा नै रकम पठाउन सकिने भएको छ । प्रभु बैंकले सञ्चालनमा ल्याएको भिसा डाइरेक्ट रेमिट्यान्स सेवा उपभोग गरी प्रभु बैंकका भिसा डेविट कार्डका सम्पूर्ण ग्राहकहरुले अधिकतम लाभ लिन सकिने बैंकले पूर्ण विश्वास लिएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:४८
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार