यस्तो छ आजको विनिमय दर
काठमाडौँ - नेपाल राष्ट्र बैँकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार डलरको खरिद दर १२८ रूपैयाँ ९८ पैसा र बिक्री दर १२९ रूपैयाँ ५८ पैसा रहेको छ।
भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ। युरो एकको खरिद दर १३२ रूपैयाँ ५३ पैसा र बिक्री दर १३३ रूपैयाँ १४ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १५१ रूपैयाँ ६९ पैसा र बिक्री दर १५२ रूपैयाँ ४० पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ २७ पैसा र बिक्री दर ३५ रूपैयाँ ४३ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ २०:२०
प्रतिक्रिया दिनुहोस्