खेरसनमा रूस पराजित पछि युक्रेनीले मनाए मुक्तिको उत्सव
एजेन्सी । युक्रेनीहरूले रूसले युद्ध सुरु भए लगतै कब्जा गरेको खेरसनबाट बाहिर निस्केपछि मुक्तिको उत्सव मनाएका छन् । रुस र युक्रेनको युद्ध सुरु भए लगतै रुसले कब्जा गरेको युक्रेनी भूमि छोडेपछि उनहिरुले उत्सव मानाएको सिएनएनले जनाएको छ ।
युक्रेनी सेनाहरूले प्रमुख दक्षिणी सहर खेरसनमा प्रवेश गरेसँगै रुसी सेनाहरू पूर्वमा पछि हटेको सञ्चारमायमहरुले जनाएको छ ।खेरसानको असफलता राष्ट्रपति भ्लादिमिर पुटिनले आठ महिना भन्दा बढी अघि आफ्नो आक्रमण सुरु गरेदेखिको सबैभन्दा ठूलो सैन्य असफलताको रूपमा हेरिएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १३:३३
प्रतिक्रिया दिनुहोस्