विश्वकप खेल्ने अर्जेन्टाइनी टीमको घोषणा
काठमाडौँ–अर्जेन्टिनाले विश्वपकप खेल्ने २६ सदस्यीय टीमको घोषणा गरेको छ । टिममा ९ डिफेन्डर, ७ मिडफिल्डर र ७ फरवार्ड समावेश छ । शुक्रबार राति मुख्य प्रशिक्षक लियोनेल स्कोलोनीले घोषणा गरेको टीममा ब्राजिलको तुलनामा थोरै फरवार्ड समावेश भएका छन् ।
दक्षिण अमेरिकी प्रतिद्वन्द्वी ब्राजिलको तुलनामा दुई जना थोरै फरवार्ड अर्जेन्टिनी टीममा छन् । अर्जेन्टिनाले पछिल्लो २८ वर्षको पहिलो ठूलो उपाधिको रुपमा गत वर्ष कोपा अमेरिका जितेको थियो । अहिले घोषणा भएको टीममा त्यसबेलाका २१ खेलाडी छन् ।
समूह ‘सी’मा परेको अर्जेन्टिनाले नोभेम्बर २२ मा साउदी अरबसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्ने छ। समूह चरणमा मेक्सिको र पोल्यान्डसँग पनि खेल्ने छ ।
यस्तो छ टीम
गोलकिपर : इमिलियानो मार्टिनेज, गेरोनिमो रुली, फ्रान्को अर्मानी
डिफेन्डर : नाह्वेल मालिना, गोन्जालो मोन्टेल, मार्कोस एक्युना, क्रिस्टियन रोमेरो, जर्मन पेजेला, निकोलस ओटामेन्डी, लिसान्ड्रो
मार्टिनेज, निकोलस टाग्लियाफिको, जुवा फोथ
मिडफिल्डर : रोडरिगो डी पौल, लियान्ड्रो पेरेडेज, एलेक्सिस म्याक एलिस्टर, गइडो रोडरिग्वेज, पापु गोमेज, एन्जो फर्नान्डेज, एक्जेक्विल पलासियोस
फरवार्ड : एन्जल डी मारिया, लौटारो मार्टिनेज, जोआक्विन कोरेया, जुलियन अल्भारेज, पाउलो डिबाला, निकोलस गोन्जालेज, लियोनेल मेसी
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ २१:२१
प्रतिक्रिया दिनुहोस्