Nic Ad Nic Ad
Nic Ad Nic Ad

अफगानिस्तानका आधाभन्दा बढी जनसङ्ख्या चरम भोकमरीमा

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ–अफगानिस्तानमा विश्वकै सबैभन्दा ठूलो र गम्भीर भोकमरीको संकट देखिएको छ । तालिबानले अफगानिस्तानमाथि कब्जा लिएदेखि नै यो समस्या सुरु भएको एक प्रतिवेदनमा उल्लेख गरिएको छ । संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ)ले एक प्रतिवेदनमा अफगानिस्तानमा विश्वकै विकराल भोकमरीको समस्या रहेका जनाएको छ । एफएओले सन् २०२२ मा अफगानिस्तानमा थप खाद्य असुरक्षा बढेको जनाएको हो । खामा प्रेसका अनुसार लामो खडेरी, द्वन्द्व र राजनीतिक अस्थिरताका कारण भोकमरीको समस्याले २ करोड २८ लाख मानिस प्रभावित भएका छन् । यो कुल जनसंख्याको आधाभन्दा बढी हो । ‘मार्च २०२२ सम्ममा अफगानिस्तानका जनताले विश्वको सबैभन्दा ठूलो र सबैभन्दा गम्भीर भोकमरी संकटको सामना गरिरहेका छन् । लामो खडेरी, द्वन्द्व, राजनीतिक अस्थिरता र कोभिड–१९ का कारण जनसंख्याको आधाभन्दा बढी अर्थात् २ करोड २८ लाख मानिस प्रभावित भइरहेको छन्’, प्रतिवेदनमा उल्लेख छ । यसैबीच विश्व खाद्य कार्यक्रमले पनि अफगानिस्तानको आर्थिक संकटबारे चिन्ता व्यक्त गरेको छ ।  
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  २२:५७
प्रतिक्रिया दिनुहोस्