Nic Ad Nic Ad
Nic Ad Nic Ad

मण्डला थियटरमा ‘सुनकेशरी’ (फोटो फिचर)

बुधबार, मंसिर ७, २०७९
काठमाडौँ– कर्णाली प्रदेशको प्रचलित लोककथामा आधारित छ(सुनकेशरी) मञ्चन भइरहेको छ । नाटकमा शताब्दी पुरुष स्व. सत्यमोहन जोशीले १२ वर्षअघि नेपालको सुदूर कर्णाली क्षेत्रको लोककथालाई आधार बनाएर तयार गरिएको छ । नाटकमा स्थानीय एक युवतीले आफ्नो सुन्दरताका कारण भोग्नु परेका तीतामीठा कथालाई ‘सुनकेशरी’ मा प्रस्तुत गरिएको छ । मण्डला थिएटरका ल्याबको दसौँ ब्याचका प्रशिक्षार्थीलाई लिएर नाटक तयार पारिएको निर्देशक राजन खतिवडाले जानकारी दिएका छ्न । नाटकमा परीक्षा लिम्बू, खगेन्द्र साउद, रीता सैँजु, सुवास गिरी, सुजिता सिवाकोटी लगायतका कलाकारहरूको अभिनय रहेको छ। उमेश तामाङ कार्यकारी निर्माता रहेको यस नाटकमा संगीत संयोजन अनुपम शर्माले गरेका छन् । मण्डला नाटक घरमा यो नाटक अहिलेसम्म ३ पटक मञ्चन भइसकेको छ । कात्तिक १८ देखि मञ्चन भएको नाटक ‘सुनकेशरी’ सोमबार बाहेक कार्तिक २७ गतेसम्म मञ्चन हुनेछ । यो नाटक २०६६ सालमा मण्डला थिएटरमा मञ्चन हुँदा यसका लेखक स्व। सत्यमोहन जोशीले थिएटर मै उपस्थित भएर हेरेका थिए ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १७:३४
प्रतिक्रिया दिनुहोस्