Nic Ad Nic Ad
Nic Ad Nic Ad

नवौँ राष्ट्रिय खेलका विजेता खेलाडीलाई सम्मान

बिहीबार, मंसिर ८, २०७९
पर्वत–गण्डकी प्रदेशमा हालै सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी महानगरवासी खेलाडीलाई पोखरा महानगरपालिकाले नगदसहित सम्मान गरेको छ । प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरी १९२ जनालाई सम्मान गरिएको हो । ३५ जना स्वर्ण पदक विजेता, ३२ जना रजत पदक विजेता र ८५ जना कांस्य पदक विजेता खेलाडीलाई महानगरपालिकाले सम्मान गरेको हो। उनीहरूलाई क्रमशः नगद १५ हजार, १० हजार र ५ हजार रुपैयाँ सहित सम्मानपत्र प्रदान गरिएको छ । यस्तै ३६ जना टिम म्यानेजर र ४० जना प्रशिक्षकहरूलाई समेत सम्मान गरिएको छ । यसअघि पहिलो चरणमा ३९ जना खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरिएको थियो । उनीहरूलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मन्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती, महानगरपालिकाका प्रवक्ता मोतीराज तिम्सिना, पोखरा महानगरपालिका नेपाली काँग्रेस संसदीय दलका नेता दिवसमान प्रधानाङ्ग लगायतले सम्मान प्रदान गरेका हुन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  २२:२५
प्रतिक्रिया दिनुहोस्