Nic Ad Nic Ad
Nic Ad Nic Ad

कमिशन माग्ने जो कसैलाई पनि कारबाही गरिन्छ– हर्क राई

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ– धरानका मेयर हर्क साम्पाङ राइले कमिशन माग्ने जो कसैलाई पनि कारबाही गरिने बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले कमिसन माग्ने र सताउने गरेकै कारण गुणस्तरीय काम गर्न नसकेको भन्ने ठेकेदारहरुको भनाई अमल गर्दै त्यस्तो गर्नेलाई अब कारबाही गर्ने बताएका छन् । उनले जनतालाई सरकार छ भन्ने आभाष दिलाउन आफुले खोजेको पनि बताएका छन् । उनले भनेका छन्,‘ज्यासेम्यासे टोले गुण्डा र आफुलाई डन सम्झने फटाहाहरुले कमिशन माग्ने र सताउने गरेकै कारण गुणस्तरीय काम गर्न नसकेको भन्ने ठेकेदारहरुको भनाइलाई अमल गर्दै त्यस्ता टपर्टुइयाँहरुलाई पक्रेर सख्त कारवाही गरिने जानकारी गराउँदछु, सरकार छ भन्ने कुराको आभाष हुनेछ देश र जनतालाई
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०५:०५
प्रतिक्रिया दिनुहोस्