Nic Ad Nic Ad
Nic Ad Nic Ad

यूएईले दियो नेपाललाई २ सय ६४ रनको विशाल लक्ष्य

बुधबार, मंसिर ७, २०७९
काठमाडौँ –एकदिवसीय अन्तर्राष्ट्रियमा यूएईले नेपाललाई २ सय ६४ रनको विशाल लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुर टस जितेपछि ब्याटिङमा आएको यूएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाई २ सय ६३ रन बनाएको हो । मोहम्मद वासिम र वृत्य अर्विन्दले यूएईलाई शानदार सुरुआत दिलाएका थिए । यी दुई ओपनरले १५ ओभर भित्र ७५ रन जोडेका थिए । नेपालका गुलशन झाले ६ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले १ विकेट लिने क्रममा १० ओभरमा ६७ रन खर्चे । दीपेन्द्रले ८ ओभरमा ३० रन खर्चेर १ विकेट लिए । ललित राजवंशीले कुनै विकेट लिन सकेनन् । यद्यपि उनले १० ओभरमा १ मेडन राख्दै ३६ रनमात्र खर्चे । नेपालले अर्जुन साउद र हरिशंकर शाहलाई डेब्यु गर्न दिएको छ । नेपालले सेप्टेम्बरमा केन्या भ्रमण गर्दा अर्जुनले ३ एकदिवसीय खेल खेले पनि एकदिवसीय अन्तर्राष्ट्रिय पहिलो पटक खेल्न लागेका हुन् । हरिशंकरले राष्ट्रिय टोलीबाट कुनै पनि संरचनामा पहिला खेल खेल्न लागेका हुन् । रोहित पौडेलको कप्तानीमा नेपालको यो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल हो । नेपाल क्रिकेट संघले ४ दिनअघि उनलाई कप्तान बनाएको हो । रिजवानले यूएईको एकदिवसीय अन्तर्राष्ट्रिय कप्तानको रुपमा पहिलो खेल खेलिरहेका छन् । रिजवानकै कप्तानीमा यूएईले हालै अस्ट्रेलियामा टी–२० विश्वकप खेलेको थियो । डिसेम्बर १ देखि १० सम्म नामिबियामा हुने नामिबिया र स्कटल्यान्डसम्मिलित विश्वकप लिग–२ का लागि नेपालले यो खेल तयारीको रुपमा हेरेको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  ११:५७
प्रतिक्रिया दिनुहोस्