साताको दोस्रो दिन नेप्से २१.२६ अकंले बढ्यो, अर्ब पनि पुगेन कारोबार रकम
काठमाडौं । साताको दोस्रो कारोबार दिन बजार परिसूचक नेप्से २१.२६ अंकले बढेको छ । पछिल्लो पटक लगातार घटिरहेको नेप्से सोमबार बढेर १९०४.४३ अकंकमा पुगेर कारोबार बन्द भएको छ ।
सोमबार नेप्से दोहोरो अंकले बढेपनि कारोबार रकम भने १ अर्ब पुग्न सकेन । सोमबार बजारमा २४ लाख ५२ हजार ८४ कित्ता सेयर किनबेच हुँदा ९४ करोड ६० लाख ९० हजारको कारोबार भएको छ । जसमध्ये शिवम् सिमेन्टको सर्वाधिक १० करोड ९६ लाख ४३ हजारको कारोबार भएको छ । यस्तै हिमालयन डिस्टिलरीको ८ करोड ९९ लाख ६ हजार र ङ्यादी ग्रुप पावरको ७ करोड ८३ लाख ४६ हजारको कारोबार भएको छ ।
सोमबार बजारमा कुल १८४ कम्पनीको सेयर कारोबार भएकोमा १४८ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ । ३१ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । यस्तै ५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ २२:२६
प्रतिक्रिया दिनुहोस्