विश्वकपलाई लक्षित गर्दै लक्ष्मी बैंकले ल्यायो बचत योजना
काठमाडौँ– फिफा विश्वकपको अवसरमा लक्ष्मी बैंकले एक अफर ल्याएको छ । बैंकले बचतको महत्वलाई उजागर गर्न ‘सेभ लाइक अ च्याम्पियन (बचत गरों, च्याम्पियन बनौं)’ योजना ल्याएको हो । यस अभियानले वर्तमानका र भविष्यका दुवै पुस्ताहरुको भविष्य उज्ज्वल बनाउन ‘बचत’ को शक्ति र भावनालाई प्रवद्र्धन एवं प्रोत्साहन गर्ने लक्ष्य बैंकले लिएको छ ।
अभियान नोभेम्बर २० देखि डिसेम्बर ३१ सम्म संचालन हुनेछ । यस अवधिमा बचत गर्ने निश्चित बचतकर्ताहरुलाई पूर्व स्वीकृत क्रेडिट कार्ड, आजीवन निःशुल्क ग्रीन बैंकिङ्ग प्याकेज (बैंकको मोबाइल बैंकिङ्ग र इन्टरनेट बेैकिंङ्ग, डिम्याट खाता, मेरो शेयर, भाइबर बैंकिङ्ग, इमेल समाधानहरुं) र खुत्रुक्के लगायतका आकर्षक उपहारहरु प्रदान गरिने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
गोलरक्षकद्वारा फुटबल खेल जित्नलाई गरिने बचाऊ र लगनशीलतापूर्वक व्यक्तिगत तवरमा आफ्नै आर्थिक उपार्जनका लागि गरिने बचतबीच समानता देखाउने उद्देश्यका साथ नयाँ योजना डिजाइन गरिएको बैंकको भनाइ छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ २०:२८
प्रतिक्रिया दिनुहोस्