Nic Ad Nic Ad
Nic Ad Nic Ad

बिपी कोइरालाका केही अमर वाणीहरू

शुक्रबार, मंसिर ९, २०७९
१. शान्तिपूर्ण तरिकाबाटै समाज बदल्ने कार्य वा परिवर्तन सम्भव छ । त्यसका लागि राजाको पनि सहयोग चाहिन्छ । भएन भने जुन उथल पुथल होला त्यसलाई हामीले थेग्न सक्ने छैनौँ । २. मैले प्रजातान्त्रिक प्रक्रिया थालनी गराउन सकेँ, प्रजातान्त्रिक अभ्यास फलाउन फुलाउन सकेँ, मानिसहरूमा प्रजातान्त्रिक आचरण विकसित गराउन सकेँ भने मेरा तर्फबाट त्यही ठुलो योगदान हुनेछ । ३. युवकले प्रदान गर्ने नेतृत्व अहिलेको नेतृत्वभन्दा राम्रो हुनेछ । ४. राष्ट्रिय राजनीतिका प्रमुख निर्णायक तत्त्वहरू राजा र जनता दुई विपरीत दिशामा डोरिँदै जानु प्रजातान्त्रिक शासन पद्धतिको लागि सबैभन्दा दुर्भाग्यको कारण थियो । ५. पञ्चायत व्यवस्थाको सम्पूर्ण कालले अधिनायकवादी शासन पद्धतिको एउटा नमुना प्रस्तुत गरेको छ । ६. जनताको मस्तिष्कले समाजवादको अर्थ बुझेको छैन होला तर हृदयबाट राम्रैसँग बुझेका छन् ।   साभार: ‘महापुरुषहरूका अमर वाणी’ पुस्तकबाट
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:३१
प्रतिक्रिया दिनुहोस्