Nic Ad Nic Ad
Nic Ad Nic Ad

बारम्बार असफलता भोगिरहनु भएको छ ? बार अनुसार गर्नुहोस् यी काम

शुक्रबार, मंसिर ९, २०७९
काठमाडाैँ – कुनै काम गर्दा त्यसबाट सफलता वा असफलता दुवै हात लाग्न सक्छ । तथापि दैनिक जीवनमा संघर्ष गर्न भने छाड्नु हुँदैन । तथापि धेरै मेहनतका बाबजुद लगातार असफलता हात लाग्दा जोकोही निराश हुनु स्वाभाविक हो । यस्तोमा सफलता पाउन बार अनुसार केही उपाय गर्न सुझाइएको छ । – आइतबार  आइतबार घरबाट निस्कँदा सौंप वा पान खाएर निस्कँदा चाहाना अनुसारको सफलता हात लाग्ने र राम्रो फल प्राप्त हुने मान्यता छ । – सोमबार सोमबार दिनको सुरुवात ऐनामा हेरेर मात्र गर्नु पर्ने मान्यता छ । बिहान उठ्दा साथ आफूलाई ऐनामा हेरेर दिनको सुरुवात गरेमा काममा सफलता मिल्ने मान्यता छ । तर चर्केको वा फुटेको ऐना भने हेर्नु हुँदैन । – मङ्गलवार मङ्गलवार घरबाट बाहिर निस्कँदा मिठाई, सख्खर वा गुलियो सेवन गरेर मात्र निस्कनु पर्ने मान्यता छ । मङ्गलवार गुलियो सेवन गरेर घरबाट बाहिर निस्किए दिन राम्रो हुने मान्यता छ । – बुधवार बुधवार धनियाँ सेवन गर्नाले मनले चाहे अनुसारको काम बन्ने तथा दिनभर सकारात्मक सोचको विकाश हुने मान्यता छ । – बिहीबार बिहीबार पहेँलो वस्त्रको धारण गरेर मात्र दिनको सुरुवातमा गर्नुपर्ने मान्यता छ । यस अलावा खानामा जिरा समावेश गरेर खाना खाएमा दिन शुभ हुने तथा काममा सफलता प्राप्त हुने मान्यता छ । – शुक्रवार कुनै पनि काममा जानु अघि दहीको सेवन गर्दा सफलता पाइने प्राचीन विश्वास छ । अझ त्यसमा पनि शुक्रवार घरबाट बाहिर निस्कँदा दहीको सेवन गरेर निस्किएमा सोचे अनुसारको सफलता पाइने मान्यता छ । – शनिवार शनिवार घरबाट बाहिर निस्किदा अदुवाको सेवन गरेर निस्किएमा मनले चाहेको काम बन्ने मान्यता छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:३१
प्रतिक्रिया दिनुहोस्