Nic Ad Nic Ad
Nic Ad Nic Ad

सजिलै बुझ्ने गुणको विकासले सफलतामा पुग्न मद्दत गर्छ

शुक्रबार, मंसिर ९, २०७९
काठमाडाैँ – तपाईँको सजलै बुझ्न सक्ने गुणको कारण तपाईँ कुनै पनि परिस्थितिको सही या गलत छुटाउन सक्ने हुनाले मानिसलाई बुझ्नमा अरूभन्दा धेरै तेज हुन्छ । तपाईँ भित्र आफूद्वारा प्राप्त शिक्षा र तर्क शक्तिद्वारा कयौँ धेरै सोच्ने र बुझ्ने गुण हुन्छ । कयौँ मानिस अगाडिको व्यक्तिलाई एक नजरमा नै चिन्ने अद्भुत क्षमता राख्छन् । उनीहरू कुनै व्यक्तिसँग भेटघाट या उसको आवाज सुनेर केही सेकेन्डमा नै उसलाई पूर्ण रूपमा चिन्छन् । साधरणतया महिलामा यो बुझाई पुरुषमा भन्दा धेरै हुन्छ । तर जब पुरुष र महिलाको टेस्ट लिइन्छ र उनीहरूलाई यही बुझाइसँग सम्बन्धित प्रश्न सोधिन्छ तब दुवैको प्रदर्शन लगभग एक समान हुन्छ । तर पनि किन महिलाहरू आफूभित्रको यो आवाजलाई पुरुषको तुलनामा धेरै सुनेर त्यसमा विश्वास गर्ने हुनेले उनीहरूलाई यो कुरामा राम्रो मानिन्छ । सौभाग्यले, कुनै कुरा एक नजरमा बुझ्ने गुण तपाईँमा जन्मजात हुन्छ । यसको प्रयोग गरेर र धेरै उपयोगी बनाउन सकिन्छ । तपाईँ आफ्नो दिल दिमागको यो आवाजलाई जति ध्यानले सुनेर त्यसमा विश्वास गर्नुहुन्छ त्यति नै तेज र सटिक बन्दै जानुहुनेछ । तपाईँ आफ्नो यो गुणको प्रयोग जति धेरै गर्नुहुन्छ त्यति यो निखारिएर तपाईँलाई उत्कृष्ट जवाफ दिनेछ । तर जेन पोन्डरले भनेका पनि छन्, पुरुष र महिला तब महान् बन्छन् जब उनीहरू आफूभित्रको आवाज सुन्न थाल्छन् । साभार: ‘सोच बदलौँ, जिन्दगी बदलौँ’ पुस्तकबाट
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:३१
प्रतिक्रिया दिनुहोस्