Nic Ad Nic Ad
Nic Ad Nic Ad

पाकिस्तानी प्रधानमन्त्री सरिफलाई कोरोना संक्रमण

शुक्रबार, मंसिर ९, २०७९
पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफ मङ्गलबार कोरोना सङ्क्रमित भएका छन् । सूचना तथा प्रसारण मन्त्री मरियम औरङ्गजेबले विज्ञप्ति जारी गर्दै बेलायतको पाँच दिने भ्रमणबाट फर्किएका प्रधानमन्त्रीलाई कोभिड–१९ सङ्क्रमण देखिएको बताए । मन्त्रीका अनुसार प्रधानमन्त्री सरिफ चिकित्सकको सल्लाहमा निगरानीमा रहेका छन् । यसैबीच पाकिस्तानको राष्ट्रिय सभाका सभामुख राजा परवेज अशरफले प्रधानमन्त्रीको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।(रासस(सिन्ह्वा)  
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ००:००
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार