Nic Ad Nic Ad
Nic Ad Nic Ad

सुदूरपश्चिमा निर्वाचनको तयारी अन्तिम चरणमा

बिहीबार, मंसिर ८, २०७९
कैलाली– प्रतिनिधि र प्रदेशसभा सदस्यको निर्वाचनको लागि सुदूरपश्चिम प्रदेशको कैलालीसहितका जिल्लामा तयारी अन्तिम चरणमा पुगेको छ । प्रदेश निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्टले निर्वाचनको तयारी लगभग पूरा भएको जानकारी दिए। भट्टले भने, “भौगोलिकरुपमा विकट मतदानस्थलमा आजैदेखि कर्मचारी नियुक्त भई मतपत्रसहित खटाउन लागिएको छ, सुगम ठाउँका मतदानस्थलमा बुधबारभित्र कर्मचारी खटनपटन भइसक्छ छ ।” मङ्सिर १ गते हरेक मतदानस्थलमा सूचना टाँस गर्नुपर्ने कार्यतालिका छ । कर्मचारी खटनपटनका साथै मतदान सामग्री सम्बन्धित निर्वाचन क्षेत्रमा ढुवानी गर्नेलगायतका व्यवस्थापकीय काम पूरा भइसकेको छ । प्रदेशका सबै नौ जिल्लाका प्रतिनिधिसभाका १६ र प्रदेशसभाका ३२ निर्वाचन क्षेत्रमा जम्मा १६ लाख ५६ हजार चार मतदाता छन् । प्रतिनिधिसभाका सबैभन्दा बढी पाँच निर्वाचन क्षेत्र रहेको कैलाली जिल्लामा पाँच लाख ३५ हजार पाँच सय १४ मतदाता रहेका छन् । सबैभन्दा कम बाजुरामा ८३ हजार पाँच सय ६७ मतदाता छन् । प्रतिनिधिसभाका कञ्चनपुरमा तीन निर्वाचन क्षेत्र छन् । पहाडी क्षेत्रका अछाममा दुई र डोटी, बझाङ, बाजुरा, बैतडी, दार्चुला, डडेलधुरामा एक÷एक निर्वाचन क्षेत्र छन् । एक मतदान केन्द्रमा स्वयंसेवकसहित दशदेखि १२ कर्मचारी खटाउन लागिएको छ । तयारीका क्रममा यसअघि निर्वाचन कार्यालयले निर्वाचन अधिकृत र सहायक निर्वाचन अधिकृतलगायत कर्मचारीका लागि तालिम दिइसकेको छ । निर्वाचन क्षेत्रमा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयमा समानुपातिक र प्रत्यक्षतर्फका मतपत्र र मतपेटिकालगायत सबै सामग्री पु¥याइसकिएको छ । कैलालीको हकमा तोकिएका दुई सय ३७ मतदानस्थलमा छ सय २९ मतदान केन्द्रको व्यवस्था गरिएको छ । प्रदेश निर्वाचन कार्यालयका प्रमुख भट्टले प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा जोशीपुर गाउँपालिका, जानकी गाउँपालिकाका वडा १, ३, ४, ६ र ७ टीकापुर नगरपालिका र भजनी नगरपालिकाका ६ र ८ नम्बर वडा समेटिएका छन् । यस्तै क्षेत्र नं २ मा लम्कीचुहा नगरपालिका, जानकी गाउँपालिकाका वडा नं २, ५, ८ र ९ मोहन्यालका गाउँपालिकाकाको वडा नं ५ बाहेक सबै वडा र बर्दगोरिया गाउँपालिका समेटिएका छन् । क्षेत्र नं ३ मा भजनी नगरपालिकाका भजनी नगरपालिकाका १, २, ३, ४, ५, ७ र ९ वडा कैलारी गाउँपालिकाको वडा नं ६ र ९ बाहेक सबै वडा र घोडाघोडी नगरपालिका समेटिएको छ । यस्तै क्षेत्र ४ मा गोदावरी नगरपालिका, गौरीगङ्गा नगरपालिका, मोहन्यालको ५ नं वडा र चुरे गाउँपालिक र क्षेत्र नं ५ (धनगढी क्षेत्रमा) धनगढी उपमहानगरपालिकाका सबै १९ वडा र कैलारी गाउँपालिकाको वडा नं ६ र ९ समेटिएका छन् । सबै निर्वाचन क्षेत्रमा पाँच लाख ३५ हजार मतदाता रहेकोमा सबैभन्दा बढी क्षेत्र नं ४ मा एक लाख दश हजार मतदाता छन् । निर्वाचनमार्फत् नयाँ जनप्रतिनिधि चुन्ने दिन आउँदा सर्वसाधारण उत्साहित देखिएका छन् । निर्वाचनको मौनअवधि सुरु हुने दिन नजिकिँदा प्रत्यासीले मतदाता रिझाउन अपिल गरिरहला कतिपय ठाउँमा दृष्य रोचकसमेत देखिने गरेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  २३:५४
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार